Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

राष्ट्रपति ट्रम्पको एसिया भ्रमण प्रारम्भ, सी जिनपिङसँग उच्चस्तरीय वार्ता र किमसँग सम्भावित भेटप्रति उत्सुकता

खबरडबली संवाददाता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार आफ्नो एसिया भ्रमणका लागि वासिङ्टनबाट प्रस्थान गर्नु भएको छ । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नु रहेको छ । 

ट्रम्पले प्रस्थानअघि पत्रकारसँग कुरा गर्दै उत्तर कोरियाली नेता किम जोङ-अनसँग पनि सम्भावित भेटप्रति इच्छा व्यक्त गरे। राष्ट्रपति ट्रम्पले विश्वका दुई ठूला अर्थतन्त्रबिच चलिरहेको व्यापार युद्ध अन्त्य गर्नका लागि सीसँग दक्षिण कोरियामा हुने आगामी भेटलाई ‘निर्णायक क्षण’का रूपमा चित्रण गरे । 

जनवरीमा ह्वाइट हाउस फर्किएपछि यो उनको पहिलो एसिया भ्रमण हो । भ्रमण अन्तर्गत उनी मलेसिया, जापान र दक्षिण कोरियामा आधिकारिक कार्यक्रममा सहभागी हुने छन् । ट्रम्पले एयर फोर्स वनमा सवार पत्रकारलाई बताउँदै भने, “म सीसँग धेरै राम्रो बैठकको अपेक्षा गर्छु । चीनले सम्झौता गर्न चाहन्छ, किनभने नोभेम्बर १ देखि लागू हुने अतिरिक्त १०० प्रतिशत भन्सार शुल्क उनीहरूका लागि हानिकारक हुन सक्छ ।”

वासिङ्टन छोड्ने क्रममा ट्रम्पले कोरियाली प्रायद्वीपमा सन् २०१९ पछि पहिलो पटक किम जोङ-अनसँग भेट हुने सम्भावनाबारे पनि सङ्केत गरे । “म त्यसका लागि खुला छु”, उनले हाँस्दै भने, “मेरो उनीसँग निकै राम्रो सम्बन्ध थियो ।” दुई नेताबिच अन्तिम भेट ट्रम्पको पहिलो कार्यकालमा भियतनामको हनोईमा भएको थियो । 

उत्तर कोरियाली नेता किमले वासिङ्टनले आफ्नो आणविक हतियार त्याग्ने माग खारेज गरेपछि मात्र नयाँ वार्ताको सम्भावना खुल्ने बताएको थिए । सियोलका पुनर्मिलन मन्त्रीले पनि राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा हुँदा क्षेत्रीय सम्मेलनको अवसरमा ट्रम्प र किमबिच भेट हुने ‘उल्लेखनीय सम्भावना’ रहेको बताएको छन् ।

शान्ति र व्यापार सम्झौतामा ध्यान

राष्ट्रपति ट्रम्पको भ्रमणको पहिलो गन्तव्य मलेसिया हुने छ । त्यहाँ उनी आइतबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) शिखर सम्मेलनमा सहभागी हुने छन् । आफ्नो पहिलो कार्यकालमा यो बैठक उनले बारम्बार अस्वीकार गरेको थिए, तर यस पटक उनको सहभागिता विशेष ध्यानाकर्षणको विषय बनेको छ ।

मलेसिया भ्रमणका क्रममा ट्रम्पले दुई देशबीचको नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्ने र थाइल्यान्ड तथा कम्बोडियाबिचको शान्ति सम्झौता प्रक्रियामा साक्षी रहने कार्यक्रम रहेको छ । उनले यसलाई ‘एसियाली स्थायित्व र अमेरिकी नेतृत्व’ सुदृढ गर्ने अवसरका रूपमा वर्णन गरेको छन् ।

ट्रम्पले भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पनि भेट्ने तयारी गरेको छ । भेटमा वामपन्थी नेतृत्वसँग सम्बन्ध सुधारका विषयमा छलफल हुने बताइएको छ । मलेसियापछि ट्रम्प सोमबार जापान पुग्नेछन् । मङ्गलबार उनले जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसँग भेट्नेछन् । 

राष्ट्रपति ट्रम्पले ताकाइचीलाई ‘साहसी नेत्री र पूर्व प्रधानमन्त्री सिन्जो आबेकी निकट सहयोगी’ भनेर प्रशंसा गरे। जापानले अमेरिकी करबाट आंशिकरूपमा छुट पाएको भन्दै ट्रम्पले टोकियोसँगको आर्थिक सम्बन्धलाई ‘न्यायोचित र सन्तुलित’ बताए ।

सीसँगको निर्णायक भेट

राष्ट्रपति ट्रम्पको भ्रमणको मुख्य आकर्षण दक्षिण कोरिया हुने छ । त्यहाँ उहाँ बुधबार दक्षिणी बन्दरगाह सहर बुसानमा अवतरण गर्नु पर्ने छ । त्यहाँ उनी दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङसँग भेट्ने, एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका व्यापारिक सत्रमा सम्बोधन गर्ने र अमेरिकी प्राविधिक उद्योगका शीर्ष व्यक्तिसँग रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

बिहीबार राष्ट्रपति ट्रम्प र राष्ट्रपति सी जिनपिङबिचको भेट तय गरिएको छ । यो ट्रम्प ह्वाइट हाउस फर्किएपछि दुवै नेताबिचको पहिलो प्रत्यक्ष वार्ता हुने छ । बेइजिङको हालैको दुर्लभ-पृथ्वी (खनिज तत्व) निर्यात प्रतिबन्ध र अमेरिकाले लगाएका नयाँ करहरूका कारण सम्बन्ध पुनर्सन्तुलनका लागि यो वार्ता अत्यन्तै संवेदनशील मानिएको छ ।

ट्रम्पले अघिल्ला हप्तामा बैठक रद्द गर्ने धम्की दिएको थिए र त्यसै क्रममा चीनमाथि नयाँ १०० प्रतिशत भन्सार शुल्कको घोषणा पनि गरेएको थिए, तर अन्तत: वार्तालाई अगाडि बढाउने निर्णय गरे।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँग फेन्टानिलको अवैध तस्करी र ल्याटिन अमेरिकी लागूऔषध गिरोहमा चीनको भूमिकाबारे पनि विस्तृतरूपमा छलफल गर्ने बताए। “फेन्टानिलका कारण अमेरिकामा हजारौँ जीवन गुमिरहेका छन् । यो रोक्न चीनले निर्णायक कदम चाल्नुपर्छ”, राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...

पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने प्रस्ताव मैले नै उठाएको हुँ : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, एक घाइते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...

पूर्वाग्रहपूर्ण निर्णयले देश दुर्घटनातर्फ जान सक्छ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...

ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending