Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

सुनकोसी नदीमा बाध निर्माण सुस्त, भौतिक प्रगती ११ प्रतिशत मात्रै

खबरडबली संवाददाता

सिन्धुली। राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाध निर्माणको समय अबधि ६० प्रतिशत सकिँदा भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ ।  

निर्माण व्यवसायि पटेल–रमण जेभीले २०७९ साल पुस महिनामा (सन् २०२३, जनवरी १) सम्झौता गरी सुनकोसी नदीमा बाँध निर्माण सुरु गरेपनि हालसम्म भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ । उक्त जेभिले चार वर्ष सात महिनामा सक्ने गरी सम्झौता गरी काम सुरु गरेको भए पनि अहिले बाँध निर्माण कार्य निकै सुस्त रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका सिनियर डिभिजन ईन्जिनियर तथा सूचना अधिकारी असोक गौतमका अनुसार बाँध निर्माणको समय अवधि ६० प्रतिशतभन्दा बढि सकिँदा भौतिक प्रगती पनि यतिखेर ४० प्रतिशत माथि नै हुनु पर्दथ्यो । निर्माण व्यवसायिले सम्झौता अनुसार काम गर्न नसकेपछि सम्झौता बमोजिम वैकल्पिक व्यवस्था गर्ने विषयमा विभाग र मन्त्रालयमा बिगतदेखि नै छलफल हुँदै आएको छ ।

उक्त आयोजनाअन्तर्गत सुनकोसी तथा तामाकोसीको दोभानभन्दा नौ सय मिटर तल सिन्धुलीको सुनकोसी गाँउपालिका–७ कानढुंग्रीमा सुनकोसी नदीमा बाध निर्माण भई रहेको आयोजनाले जनाएको छ ।

‘‘सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र १५८ मिटर लम्बाईको बाँध निर्माण गर्न पहिलो चरणको काम अन्तर्गत रामेछाप जिल्लातर्फ कपर ड्याम (अस्थायी बाध) निर्माण गरी पानी तर्काएर बाँधको स्थायी संरचना अलिअलि निर्माण हुदै आएको छ,’’ उनले भने, ‘‘हालसम्म भएको उक्त प्रगती पनि अस्थायी र स्थायी कामको प्रगती हो ।’’ उक्त आयोजनाको यस अघि बनेका सरकारको विभागिय मन्त्रीबाट पटक–पटक स्थलगत निरीक्षण गरी बाँध निर्माणको कार्यलाई तीव्र बनाउन निर्देशन हुदै आए पनि निर्वाण व्यवसायीले कामको गति बढाउन नसकि रहेको छैन ।

बाँध निर्माणको काम चित्त बुभ्mदो नभएपछि सरकार उक्त निर्माण व्यवसायिसँगको ठेक्का तोड्ने प्रकृयामा पुगेको पनि आयोजनाले जनाएको छ । उक्त व्यवसायी कम्पनिले बाध निर्माणका लागि लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । आयोजनाअन्तर्गत कुसुमटारबाट १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङ्मार्ग टनेल बोरिङ मेशिन(टिविएम)बाट निर्माण गरी २०८१ वैशाखमा ‘ब्रेक थ्रु’ भई सकेको सकेको छ । उक्त पाँच दशमलव पाँच डायमिटरको सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले करिब ११ अर्ब रुपियाँमा ठेक्का लिएको थियो ।

सुनकोेसी नदीमा बाध निर्माण भएपछि १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटार स्थित मरिण खोलामा खसालीने छ ।  त्यहाँ ६६ दशमलव २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख कार्कीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष ०७७/०७८ बाट सुरु भएको आयोजना ०८४/०८५ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

आयोजना अनुसार पहिलो चरणको कामअन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको कामअन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने ईन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत गृहभित्र विद्युत उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत सर्लाहीको नबलपुर पुर्‍याई राष्ट्रिय प्रसारण लाईनमा जोड्नु पर्ने रहेको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको आयोजनाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending