Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

मुलुकमा एकपछि अर्को आन्दोलनको तयारी, अर्थतन्त्र जटिल मोडमा पुग्दा सरकार किन गर्दैन खर्च कटौती !

अनुसा थापा

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छठपछि आन्दोलनको घोषणा गरेका छन् । जेनजी समूहले पनि आन्दोलनका निम्ति तयारी अवस्थामा रहन भनेको छ । उनीहरुले आन्दोलनको घोषणा गरिरहँदा सर्वसाधारण भने त्रसित बनेका छन् । सर्वसाधारणले घटनाको पूर्वतयारीस्वरुप खाद्यान्न, ग्याँसलगायतका सामान किनेर भण्डारण गर्न थालेका छन् । 
अर्कोतिर, कतिपय आफ्नै जन्मथलो फर्किने सुरसारमा छन् । आन्दोलन भएमा उतै जाने र काठमाडौं नफर्किने उनीहरुको मनशाय छ । दशैं र तिहारमा धेरै नफर्किने नै गरी घर गएका छन् । मुलुकमा लगातार एकपछि अर्को आन्दोलन भइरहेको छ । कहिले राजावादीको त कहिले राजनीतिक दलको भने कहिले जेनजीको । 
जसले आन्दोलन गरेपनि दुःख पाउने जनताले नै हो । जति दिन बन्द भएपनि सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कुनै प्रभाव पर्दैन । किन कि, महिना मर्नेबित्तिकै सरकारले उनीहरुको खातामा तलब र पेन्सन हाल्दिहाल्छ । मर्ने भनेको त निमुखा र गरिखाने वर्ग हुन् । गत चैत १५ गते भएको प्रसाईँको आन्दोलन र भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले मुलुकलाई ठूलो क्षति पुगेको छ । 
भौतिक संरचनामा भएको क्षतिले मुलुकलाई वर्षौंपछाडि धकेलेको छ । यस्तोमा अर्को आन्दोलन हुँदा मुलुक डामाडोल अवस्थामा पुग्ने निश्चित छ । लगातार आन्दोलनका कारण गरिखाने वर्ग प्रभावित बनेको छ । व्यापार व्यवसाय चौपटको स्थितिमा छ । जनताले कर तिर्न छोडेका छन् । 
सरकारी खर्च बढेको बढ्यै छ भने आम्दानीको स्रोत छैन । घरजग्गा कारोबार ठप्पजस्तै छ । गत असोज महिनामा देशभरको १३४ वटा मालपोत कार्यालयबाट घरजग्गा कारोबारबापत जम्मा दुई करोड ७० लाख रुपैयाँ राजश्व उठेको छ । भदौ महिनामा तीन करोड १२ लाख रुपैयाँ उठेकोमा झन् घट्यो । 
घरजग्गा मात्रै होइन, अन्य क्षेत्र पनि त्यस्तै छ । आन्दोलनमा भएको क्षतिका कारण राज्यको ढुकुटीमा पुनर्निर्माणको चाप बढिरहँदा अब अरु आन्दोलन भयो भने देशको अवस्था के होला ? वर्तमान सरकारको अर्थमन्त्री रामेश्वर खनाल अर्थविद् हुन् । उनी अर्थमन्त्री बनेको दुई महिना हुन लागिसकेको छ । 
तर, उनले अर्थतन्त्र सुधारका लागि कुनै कदम चालेका छैनन् । खर्च कटौतीमा अर्थमन्त्री खनालको ध्यान छैन । देशको विषम परिस्थितिलाई मध्यनजर गरेर उनले कर्मचारी र जनप्रतिनिधिको तलब आधा घटाउनुपर्ने हो । ज्यालादारी र करारका कर्मचारी धमाधम हटाउनुपर्ने हो । 
सामाजिक सुरक्षा भत्ता, पेन्सन कटौती र आम्दानीको स्रोत खोज्नुपर्ने हो । पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्ने हो । उनले बुझ्नुपर्ने कुरा के भने, देशलाई नै दाउमा राखेर कर्मचारी र जनप्रतिनिधि पाल्न सकिँदैन । देश रहे मात्र कर्मचारी र जनप्रतिनिधि रहन्छन् । 
यद्यपि, उनी पनि पुरानै मन्त्रीहरुको बाटोमा हिँडे । पुराना मन्त्रीले काम गर्न सकेनन् भनेर विज्ञ ल्याइएकोमा विज्ञको हविगत पनि उस्तै छ । अर्थमन्त्रीले धमाधम खर्च कटौतीको निर्णय नगर्ने हो भने देश जटिल अवस्थामा पुग्छ । किन कि, अब लगातार मुलुकमा आन्दोलन हुँदैछ । आन्दोलनपछि व्यापार–व्यवसाय डामाडोल हुन्छ ।
उनीहरुले राजश्व तिर्न सक्दैनन् । अनि सरकारले आफ्ना खर्च कसरी धान्छ ? सरकार त अहिलेदेखि नै गृहकार्यमा लाग्नुपर्ने हो । सरकारले आर्मी, सशस्त्र र प्रहरीलाई बिहान–बेलुका भात खुवाउनैपर्छ । कारागारमा भएका करिब ३० हजार कैदीबन्दीलाई पनि पाल्नैपर्यो । यसको लागि स्रोत त चाहियो । 
सरकारले अब धमाधम आम्दानीको स्रोत खोज्नुपर्छ । पहिल्यै वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब पुगिसकेको छ । वर्षेनि त्यसको साँवाब्याज पनि तिर्नुपर्छ । जसमा खर्बौं खर्च हुन्छ । सरकार अहिले नै सचेत भएन भने मुलुकले ठूलो आर्थिक संकट खेप्नुपर्ने हुन सक्छ । सरकारका अनावश्यक खर्च धेरै छन् । 
उदाहरणको लागि–भक्तपुरमा पाँच मीनेटको दुरीमा दुई वटा यातायात कार्यालय छन् । एउटा सिर्जनानगरमा छ भने अर्को राधेराधेमा । एउटै मन्त्रालयअन्तर्गतका दुई वटा कार्यालय केही मीटरको दुरीमा राखिएको छ । फेरि ती यातायात कार्यालय भाडाको भवनमा छ । मासिक तीन लाख त घरधनीलाई भाडा नै बुझाउनुपर्छ । 
दुई वटा कार्यालय एउटै भवनबाट सञ्चालन गर्न सकिन्थ्यो । तर, कमिशनका लागि राज्यको ढुकुटीमा आर्थिक भार थपिएको छ । एउटा कार्यालयमा सयौंको संख्यामा कर्मचारी छन् । जबकि, त्यत्रो कर्मचारीको आवश्यकता पनि छैन । काम नभएर उनीहरु दिनभर हल्लिएर बस्छन् । सरकारले फागुन २१ गते निर्वाचन तोकेको छ ।
२०७९ मंसिर ४ गतेको निर्वाचनमा २६ अर्ब रुपैयाँ खर्च भएको थियो । अहिलेको निर्वाचनमा त्योभन्दा बढी खर्च हुने निश्चित छ । सरकारले कहाँबाट पैसा ल्याएर निर्वाचन गराउने ? एउटै माध्यम–विदेशी ऋण हो । अर्कोतिर, सरकारले दूध किसानको सात अर्ब, निर्माण व्यवसायीको ४५ अर्ब र कोरोना बीमा गरेका अस्पतालको २४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । 
नेपालमा उद्योग कलकारखाना छैन । व्यक्ति, बैंकको पैसा अनुत्पादक क्षेत्रमा गएर फसेको छ । घर, गाडी, सेयर र सुनमा धेरै लगानी छ । तर, यी सबै क्षेत्र अहिले डामाडोल अवस्थामा छ । घर, गाडी र सेयर बजार डामाडोल अवस्थामा पुगेको लामो समय भइसक्यो भने सुन पनि त्यतै जाँदै छ । केही महिनाअगाडि सुन र बनावटी ज्याला गरेर झण्डै तोलाकै तीन लाख पुगेको सुनमा ठूलो पहिरो गएको छ । 
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । वर्षौंअगाडिको रेटमा सुन आउने भएको छ । सरकारले बिलासी वस्तुमा लगानी नगर्नु भनि कहिल्यै जनतालाई सचेत गराएन । पैसा उत्पादन क्षेत्रमा लगाउन जनतालाई सुझाव दिइएन । 
जसको असर बजारमा देखिँदै छ । दिनको दुई गुणा र रातको चौगुणा नाफा कमाउने प्रलोभनमा परेर जनताले आँखा चिम्लेर घर, गाडी, सेयर र सुनमा लगानी गरे । अहिले उनीहरुलाई ‘रुनु न हाँस्नु’ भएको छ । बैंकले एक सय रुपैयाँ कित्तामा निकालेको सेयर ३२ सय रुपैयाँसम्म पुर्याइयो । सेयर बजारमा पहिरो आउँदा लगानीकर्ताहरु चुलुम्मै डुबेका छन् । 
३२ सयको सेयर २४ सयमा झरिसकेको छ । बैंक र जलविद्युत कम्पनीहरु डुबेपछि बोनस पनि काटिएको छ । सरकारले बेलैमा उद्योगहरुलाई प्राथमिकता दिएको भए, आज यो समस्या आउँदैनथ्यो । उद्योग चल्थ्यो, सर्वसाधारणले रोजगारी पाउँथे, राज्यलाई राजश्व आउँथ्यो । 
विडम्बना, सरकारले बेलैमा जनतालाई बुद्धि दिएन । जसको असर राज्य, व्यक्ति, बैंक तथा वित्तिय संस्था र समग्र मुलुकले भोगिरहेको छ । सर्वसाधारणले आफ्नो जीवनभर मेहिनेत गरेर कमाएको पैसा सो ठाउँमा लगानी गर्दा सुकुम्बासी भएका छन् । करोडौं लगानी गरेको क्षेत्र लाखमा झरेको छ । 
प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री खनाल अब अर्थतन्त्र चलायमान बनाउनतर्फ लाग्नुपर्छ । सरकारले अब खर्च कटौती र आम्दानीको स्रोत खोज्नुपर्छ । आन्दोलनको नाममा देश सकाउनेहरु सल्बलाएका छन् । बन्द, हड्ताल, आन्दोलनका नाममा सरकारी सम्पत्ति र निजी सम्पत्ति तोडफोड र आगजनी गर्ने र देश कंगाल बनाउने षड्यन्त्र भइरहेको छ । 
देशलाई खरानी बनाएर अरुलाई सुम्पिने दाउ हो । यसमा नेपाली जनता सचेत हुन आवश्यक छ । 
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending