काठमाडौं । शुक्रबार बिहान रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । दुर्घटना स्थलमै ७ जनाको मृत्यु भएकामा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घाइतेमध्ये एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेरीमा मृत्यु भएपछि मृतकको सङ्ख्या ८ पुगेको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा मृतकमा आठबिसकोट नगरपालिका ३ का वर्ष ३० कमला वली, वडा नम्बर १ की १५ वर्षीया दिलमाया बुढा, सोही वडाकै १५ वर्षीय कल्पना नेपाल, १६ वर्षीय टेकजंग बुढा, २८ वर्षीया शर्मिला बिक रहेका छन् ।
त्यसै गरी आठबिसकोट नगरपालिका २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला बिक र २२ वर्षीय गोपाल वलीको समेत दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटनाका जिपका चालक मुसिकोट नगरपालिका २ का ३४ वर्षीय टोपजंग बुढा, १५ वर्षीया सपना नेपाल, १५ वर्षीया सबिता बिक, १७ वर्षीया सिर्जना बुढा, १७ वर्षीया संगिता बुढा, १७ वर्षीया अञ्जना ऐरी, १७ वर्षीया मनिषा थापा, १८ वर्षीया जुना बुढा, १९ वर्षीया शान्ति बुढा र २० वर्षीया महिमा ओली घाइते भएका छन् ।
घाइतेमध्ये जुना बुढाको अवस्था गम्भीर रहेको कारण थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिका स्यालाखदीतर्फ जाँदै गर्दा बाँफिकोट र आठबिसकोटको सिमानामा पर्ने झारमारे लिस्नेमा जिप दुर्घटना भएको थियो । रा१ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । जिपको क्षमताभन्दा बढी यात्रु बोकेर गएको कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: