Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

छठमा धाप ड्यामको पानी बगाएर बागमतीको बहाव बढाइने

खबरडबली संवाददाता

काठमाडौँ। नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारको रौनक सकिएसँगै अब भने छठ पर्वको तयारी भइरहेको छ । तराईमा मात्रै मनाइने छठ पर्व आजभोलि राजधानीमै बाक्लिँदै गएको छ ।

स्वदेशमा मात्रै होइन, विदेशी भूमिमा छरिएर बस्नेका लागि छठ पर्वको उत्तिकै रौनक छाएको देखिन्छ । आस्था, विश्वास र सद्भावको पर्वका रूपमा मनाइने छठ पर्व आगामी सोमबार देशभर मनाइने तयारी भइरहेको छ । 

छठ पर्वलाई लक्षित गर्दै गाउँघर, टोलतिरका पोखरी तथा नदीहरूको सरसफाइको काम  सुरु हुन थालेको छ । उपत्यकामा छठ पर्व मनाउने तयारीका साथ बागमती नदीलाई सरसफाइ गर्ने गरिन्छ ।

यसैगरी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बागमती नदीमा बगाउने तयारी गरिरहेको छ । बागमती नदीको पानीको बहाव बढाउन र ब्रतालुलाई स्नानका लागि सहज होस् भनेर आयोजनाले ड्याममा जम्मा भएको पानी नदीमा छोड्ने तयारी गरेको हो ।

उपआयोजना निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आइतबार मध्याह्नदेखि नै पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, त्यसर्थ हामीले अघिल्लो दिनबाटै पानी छोड्ने तयारी गरेका हौँ”, उनले भन्नुभयो, “विशेष दिनहरूमा हामीले ड्यामको पानी बागमतीमा छाड्दै आएका छौँ ।”

प्रतिसेकेन्ड ४०० लिटर पानी छाड्ने

समितिले बागमती नदीमा प्रतिसेकेन्ड ४०० लिटर पानी छठ पर्वका दुई दिनसम्म छाड्ने तयारी गरिरहेको छ । “यसरी पानी छाड्दा बागमती नदीमा घुँडासम्म पानी आउँछ र ब्रतालुलाई नदीमा स्नान गर्न र अघ्र्य चढाउन सहज हुने छ”, नेपालले भन्नुभयो, “मेलम्ची खानेपानी विकास समितिसँग पानी छाड्नका लागि आग्रह गर्ने छौँ ।”

मेलम्ची खानेपानी विकास समिति भन्छ: आवश्यकताअनुसार पानी छाड्ने छौँ

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले मेलम्ची नदीमा छठकै अवसरमा पानी छाड्नका लागि आधिकारिक रूपमा माग भएमा आवश्यकताअनुसार पानी छाड्न सकिने बताए।

मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि हरेक वर्ष आयोजना नै बन्द हुने गरेको छ । आयोजना बन्द भएको समयमा धाप ड्यामकै पानी ल्याएर काठमाडौँका उपभोक्तालाई वितरण हुँदै आएको थियो ।

सुन्दरीजल खानेपानी प्रशोधन परियोजनाका प्रमुख हेम बुढाथोकीले अहिलेसम्म आधिकारिक रूपमा बागमती नदीमा पानी छाड्नका लागि माग नभएको बताए। “गत वर्षको मनसुन अवधिमा मेलम्ची बन्द हुँदा हामीले धाप ड्यामकै पानी सापटी लिने गरेका थियौं र छठ जस्ता महत्त्वपूर्ण पर्वमा मेलम्चीको पानी बागमतीमा बगाएर बहाव बढाउन सहयोग गरेका थियौँ”, उनले भने, “यस वर्ष भने हामीले धाप ड्यामबाट सापटी पानी ल्याएका छैनौँ, तर आधिकारिक रूपमा माग भएमा पानी छाड्न सक्छौँ ।”

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार छठ पर्व छिटो परेको र दसैँ अवधिमा भएको भारी वर्षाका कारण यस वर्ष वागमती नदीमा पानीको बहाव धेरै घटेको छैन । आवश्यकता परेमा मात्रै मेलम्चीबाट पानी मागेर बगाउन सकिने समितिको भनाइ छ ।

धाप ड्याम एक: महत्त्व अनेक 

काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप ड्याम धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । यससँगै ड्यामले बागमती नदीमा पानीको बहाव बढाएर नदीको सौन्दर्यता कायम गर्न सहयोग पुगेको समितिले जनाएको छ ।

धाप ड्यामको निर्माण कार्य सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको समितिले जनाएको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झन्डै एक दशकअघि सुरु भएको थियो । तीन वर्षअघि यसको उद्घाटन गरिएको हो ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत शिवलाल गैरेले धाप ड्याम निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेको जानकारी दिएको छन्। “पहिलाको भन्दा अहिले धेरै नै चहलपहल बढ्न थालेको छ, धाप ड्यामको सौन्दर्यता हेर्न आउने पर्यटकहरू प्राय: ट्रेकिङ रुटबाट हिँडेर आउने गर्छन्”, उनले भने, “सडक पूर्वाधार राम्रो भएमा अझै पर्यटक आगमन बढाउन सकिन्छ, यसका लागि सरोकारवाला निकायबिच समन्वय बढाउन आवश्यक छ ।”

धाप ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा बागमती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षातको समयमा यहाँ जम्मा गरिएको पानी हिउँदमा प्रतिसेकेन्ड ४०० लिटरको दरले बागमतीमा छाड्ने आयोजनाको लक्ष्य थियो।

एसियाली विकास बैँकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट मुख्य पर्वहरूमा बागमती नदीमा पानी छाड्ने गरिन्छ। ड्यामको लम्बाइ १७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ ।

धाप ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रूपमा बागमती नदीमा पानी छाड्ने सरकारको लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको छ । नदीको बहाव बढाउन आवश्यकताअनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रूपमा पानी छाड्न नसकिएको उपनिर्देशक नेपालले बताए। “हिउँदको सुक्खा अवधिमा बागमतीमा पानीको बहाव बढाउनका लागि प्रतिसेकेन्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौँ, तर त्यो परिणामले खासै उपलब्धि नदिने रहेछ”, उहाँले भन्नुभयो, “परिणाम देखिन प्रतिसेकेन्ड ४००  लिटर पानी आवश्यक पर्छ, तर त्यति बगाउन ड्यामको क्षमता नभएकाले सुक्खा अवधिमा दैनिक पानी बगाउन सकेनौं ।”

छठ पूजा विशेष गरी नेपालका तराई क्षेत्रका नेपालीको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । यस पर्वमा महिलाले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् ।

छठ पर्व चार दिनसम्म चल्ने गर्छ । यस पर्वमा निष्ठा, पवित्रता र अनुशासनको विशेष महत्त्व हुन्छ । छठ पूजा कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ र सप्तमीका दिन सम्पन्न हुन्छ । यसमा नुहाउने, खाने, खरना, संध्याअघ्र्य र बिहानको अघ्र्य दिने जस्ता विभिन्न चरण हुन्छन् । मानव र प्रकृतिबिचको सम्बन्ध सुदृढ गर्ने पर्वका रूपमा छठलाई लिने गरिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...

पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने प्रस्ताव मैले नै उठाएको हुँ : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, एक घाइते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...

पूर्वाग्रहपूर्ण निर्णयले देश दुर्घटनातर्फ जान सक्छ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...

ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending