Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे नितु पौडेलका दाइ

खबरडबली संवाददाता

काठमाडौँ। गायिका नितु पौडेलको मृत्यु प्रकरणमा उनका दाइ गणेश पौडेलले गायक बाबुल गिरीविरुद्ध जाहेरी दर्ताका लागि प्रहरीमा पुगेका छन्। गणेश पौडेल आज जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबार पुगेका हुन्।

गणेशले बहिनीको मृत्यु ‘सामान्य घटना नभएको’ भन्दै कर्तव्य ज्यानको अभियोगमा गायक गिरीविरुद्ध जाहेरी दिन लागेको बताए। उनका अनुसार नितु र गिरीबीच करिब ८–९ वर्षदेखि प्रेम सम्बन्ध थियो र घटनाको बेला कोठामा उनीहरू दुई जनामात्रै थिए।

गायिका नितु पौडेलको एक सातासम्म कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारपछि शुक्रबार बिहान निधन भएको हो। चिकित्सकले बिहान साढे ८ बजे उनलाई मृत घोषित गरेका थिए। पौडेलले १ कात्तिकमा स्टुडियोभित्र पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी थिइन्।

उक्त स्टुडियो गायक बाबुल गिरीकै रहेको बताइएको छ। उनले पौडेलले शरीरमा आगो लगाएको देखेपछि निभाउने प्रयास गर्दा आफू पनि सामान्य घाइते भएको बयान दिएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

गायिका नितु पौडेलको एक साताको उपचारपछि आज मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको थिइन्।

यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...

पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने प्रस्ताव मैले नै उठाएको हुँ : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, एक घाइते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...

पूर्वाग्रहपूर्ण निर्णयले देश दुर्घटनातर्फ जान सक्छ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...

ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending