Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने दुई युवक पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सञ्जाल TikTok मार्फत अफवाह र नकरात्मक सन्देश फैलाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने २४ वर्षीय सजन श्रेष्ठ र भारतको सितामढीका १९ वर्षीय अफ्ताव अन्सारीलाई पक्राउ गरिएको हो।

घटना गत असोज ३० गते भएको हो। ट्राफिक प्रहरीले बागमती प्रदेश ०२–०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकल लापरवाहीपूर्वक चलाइरहेको अवस्थामा चालक सजन श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले उक्त मोटरसाइकलको ह्यान्डल परिवर्तन गरेर भिडियो बनाउने कार्य गरेको र त्यसलाई TikTok ID: SS_VLOGS (@ssvlognp10) मार्फत पोष्ट गरेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार ती भिडियोहरूले सामाजिक सञ्जालमा गलत सन्देश र नकरात्मक प्रभाव पार्ने खालका गतिविधि समावेश गरेका थिए।

यस प्रकरणमा सजन श्रेष्ठसँगै काठमाडौंको सिनामंगल बस्ने अन्सारी पनि संलग्न रहेको प्रमाण फेला परेपछि असोज ३ गते दिउँसो साढे ३ बजे दुबैलाई फरक–फरक स्थानबाट नियन्त्रणमा लिइएको हो। श्रेष्ठलाई तिर्थचोक (कागेश्वरी मनोहरा–२) बाट र अन्सारीलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्।

प्रहरीले उनीहरूको साथबाट Samsung Galaxy A14 5G मोबाइल र GoPro Hero 09 Black क्यामेरा बरामद गरेको छ। ती सामग्रीहरू प्रयोग गरी भिडियो बनाइएको र त्यसैलाई TikTok मा अपलोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुबै जना विरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: