Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रथम जहदा महोत्सवमा झडप, एक जना गम्भीर घाइते

खबरडबली संवाददाता

विराटनगर। सुरक्षा निकायको आग्रह बेवास्ता गर्दै मोरङको जहदा–४, रामचोकमा सञ्चालन गरिएको प्रथम जहदा महोत्सवमा झडप भएपछि स्थानीय प्रशासन आजबाट महोत्सव स्थगित गरिदिएको छ । 

महोत्सव आयोजकहरूबिच बुधबार राति करिब १ बजेतिर विवाद भई कुटाकुट हुँदा एक जना गम्भीर घाइते भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले महोत्सव सञ्चालनमा रोक लगाएको हो । 

मध्येराति भएको घटनामा कटहरी–४ निवासी ३५ वर्षे अनिलकुमार सहनी घाइते भएको थिए । उहाँकोे टाउकोमा गहिरो चोट लागेको कोशी अस्पताल विराटनगरले जानकारी दिएको छ । सुरक्षा निकायले असोज २६ गते लेटाङ महोत्सवमा भएको झगडा, जुवाजन्य खेल र मदिरा बिक्रीका कारण मेला बन्द गर्नुपरेको अनुभवका आधारमा जहदामा मेला नगर्न सिफारिस गरेको थियो । 

सुरक्षा निकायको सुझावलाई बेवास्ता गरी जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको पत्रका आधारमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मेला आयोजना गर्न स्वीकृति दिएको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी यादवले दवाव मेला आयोजना गर्न स्वीकृति दिएको भन्ने भनाइ सत्य नभएको भन्दै र मेलामा सहभागीहरुको स्वास्थ्य बिमा गरिसकिएको अवस्थाका कारण अनुमति दिएको बताए। उनले घटनापछि बुधबारबाटै मेला स्थगित गरिएको जानकारी दिए। 

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मङ्गलबार मेला सकिएपछि आयोजकहरूले राति मदिरा सेवन गरेको र त्यसै क्रममा विवाद हुँदा घटना भएको जानकारी दिए। उनले सुरक्षाकर्मीहरूले झडप हुन नदिन नियन्त्रणको प्रयास गरेपछि झडपको अवस्था नरोकिएको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending