रसुवा । नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ । सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुल निर्माणको पुनःनिर्माण सहयोग गरेको हो ।
वारीपारीको भाग जडान पूरा हुँदै जाँदा सो बेलिब्रिजको बीच भाग लच्किएपछि यसलाई बलियो बनाउन चिनियाँ प्राविधिकले पुलको आधा भागमा पर्ने गरी खोलाको माझमा थप पिलर उठाउन थालिसकेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले कामको तीव्र हेर्दा यही कात्तिक १५ गतेसम्म मितेरीपुल सञ्चालनमा आउनसक्ने आफ्नो स्थलगत निरीक्षणले आँकलन गरेको बताए । उनले यस सम्बन्धमा सीमाक्षेत्रका समकक्षी चिनियाँ मित्रहरूले सञ्चालनको आधिकारीक जानकारी नदिएको बताए ।
बेलिब्रिजका बीचमा ‘पिलर’ राखी थप बलियो बनाउने काम अगाडि बढेको देखेपछि व्यापार व्यवसाय सहज हुनेमा आफूहरू आशावादी रहेको व्यवसायीहरूले बताएका छन् । पुल निर्माण हुँदासाथ माल सामग्री आयात हुने भएका कारण आयातित माल सामग्रीको छिटोछरितो भन्सार प्रक्रिया पूरा गराउन आफ्ना कर्मचारी तयारी रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १२:३१
काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...
पौष १७ गते, २०८२ - १२:२४
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...
पौष १७ गते, २०८२ - १२:२०
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...
पौष १७ गते, २०८२ - ११:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...
पौष १७ गते, २०८२ - ११:०१
पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक
पौष १७ गते, २०८२ - १०:४०
जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...
पौष १७ गते, २०८२ - १०:३७
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...
पौष १७ गते, २०८२ - १०:३५
रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...
पौष १७ गते, २०८२ - १०:३३
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...
पौष १७ गते, २०८२ - १०:३०
भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...




प्रतिकृया लेख्नुहोस्: