संखुवासभा। संखुवासभाको दुर्गम भोटखोला क्षेत्र ८० दिनपछि सडकसँग जोडिएको छ । लगातारको अवरोधपछि कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक पुन: सञ्चालनमा आएको हो ।
गत भदौ १५ गतेदेखि भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको ठुला पहिरोका कारण सडक अवरुद्ध भएको थियो । लामो समयको प्रयासपछि सडक पुन: सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ ।
आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र आयोजनाको संयुक्त प्रयासमा सडक खोल्न सफल भएको हो । ‘‘लगातारको वर्षा र कठिन भूगोलका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो,’’ उहाँले भने, “करीब ८० दिनको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भयौं ।” सडकमा ढुङ्गा सोलिङ र ग्राभेलिङ कार्य सम्पन्न भइसकेको र हाल एकतर्फी सवारी सञ्चालन भइरहेको उनले जानकारी दिए। सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन आवागमन सुरु भएको छ ।
सडक अवरुद्ध रहँदा भोटखोला, मकालु लगायतका दुर्गम क्षेत्रका बासिन्दा बजार आपूर्ति, औषधी, निर्माण सामग्री र दैनिक उपभोगका वस्तु अभावमा परेका थिए । आवागमन अवरुद्ध हुँदा स्थानीयहरू पैदल यात्रामा निर्भर हुनुपरेको थियो । सडक सञ्चालनमा आएपछि सदरमुकाम खाँदबारीदेखि भोटखोलाको हटिया र थोगाङ खोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो समयपछि सडक खुलेकोमा स्थानीयवासीमा खुसी छाएको बताए। “सडक सञ्चालनमा आएपछि दुर्गम बस्तीहरू पुन: सडकसँग जोडिएका छन् ।’’ उनले बताए, “अब अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौं ।”
कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो, जसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ । सडक सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापारिक गतिविधि र जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १७:२५
काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सा...
चैत्र १८ गते, २०८२ - १७:०५
काठमाडौँ । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेकपा एमालेकी पद्मा अर्याल विरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। ...
चैत्र १८ गते, २०८२ - १६:५३
काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा बादल एक्लो...
चैत्र १८ गते, २०८२ - १६:३३
काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडिया बाट १२७ जना नेपालीको उद्धार गरिएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनी का अनुसार उ...
चैत्र १८ गते, २०८२ - १६:२२
काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध रूपमा चयन हुने भएका छन्। संसदीय दलको नेताका लागि उपाध्यक्ष बादल र सुहाङ न...
चैत्र १८ गते, २०८२ - १६:११
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरा...
चैत्र १८ गते, २०८२ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ बुझाउन निर्देशन दिएको छ। मंगलबार पार्टी केन्द्री...
चैत्र १८ गते, २०८२ - १५:४०
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचन...
चैत्र १८ गते, २०८२ - १५:२९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा पर्सा जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन्। आ...
चैत्र १८ गते, २०८२ - १५:२२
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षत...


प्रतिकृया लेख्नुहोस्: