स्याङ्जा। स्याङ्जामा तिहार पर्वमा जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको हो ।
शान्ति–सुरक्षा कायम राख्दै मर्यादित र अनुशासित रूपमा पर्व मनाउन प्रशासनले नौ बुँदे सचेतना अपिल सार्वजनिक गरेको छ । देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलाप धर्म, संस्कृतिलाई ठेस नपुग्ने गरी मर्यादित रूपमा राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले अनुरोध गरेको छन् ।
सार्वजनिक यातायातमा असर पर्ने, होहल्ला र अशान्ति सिर्जना गर्ने गतिविधि तत्काल रोकिने पौडेलले चेतावनी दिए। दीपावलीको समयमा विद्युत् र मैनबत्तीजस्ता सामग्रीको प्रयोगमा सावधानी अपनाउन, सम्भावित आगलागीमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न, मादक पदार्थ सेवन गरी होहल्ला वा झगडा नगर्न पनि आग्रह गरिएको छ ।
सवारीसाधनको छतमा झुण्डिएर यात्रा नगर्न, यात्रुबाट बढी भाडा असुल्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ । दीपावली मनाउने क्रममा भुईँचम्पा, पटाका, आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग, अवैध आयात वा बिक्री वितरण गर्नेलाई कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।
विज्ञप्तिमा अखाद्यवस्तु, रङ मिसाइएका मिठाइ, म्याद गुज्रेका मसला तथा प्लास्टिकका फूलमाला प्रयोग र बिक्री वितरण नगर्न समेत अनुरोध गरिएको छ । त्यस्तै, जुवाजन्य खेल, कृत्रिम अभाव सिर्जना वा अन्य अवैध गतिविधि भएको खण्डमा तत्काल नियन्त्रणका लागि सबै पक्षलाई आग्रह गर्दै प्रशासनले सचेत र जिम्मेवार नागरिकको रूपमा पर्व मनाउन सबैलाई आह्वान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: