काठमाडौं। सडक विभाग, पुल महाशाखा नेपालगञ्जले नवलपरासीको धोबहा खोलाको पुल निर्माण परियोजनामा कार्य सम्पादनमा गम्भीर लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई ठेक्का सम्झौतामा गम्भीर उल्लंघन गरेको ठहर गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुल सेक्टरले शुक्रबार यस सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरेको हो। सुचना अनुसार, गौरी पार्वती निर्माण सेवा प्रालि, कालंकी–१४, काठमाडौं ले सम्झौता अनुसार समयमै काम सम्पन्न नगरेको र निर्माण कार्यमा प्रगति नदेखिएको भन्दै सो कम्पनीलाई खरिद सम्झौता अन्य कम्पनीसँग गर्न रोक लगाउने प्रक्रिया सुरु गरिएको हो।
सूचनामा भनिएको छ, “निर्माण व्यवसायीले ठेक्का सम्झौताअनुसार कार्य समयमा पूरा नगरेको, बारम्बार चेतावनी दिए पनि प्रगति नदेखिएको र कार्यसम्पादनमा निरन्तर ढिलाइ गरेको पाइएकाले ठेक्का सम्झौतामा उल्लंघन भएको ठहर गरिएको छ।”
पुल सेक्टर नेपालगञ्जले उक्त कम्पनीविरुद्ध कानुन बमोजिम कारबाही अघि बढाएको जनाएको छ। साथै, सार्वजनिक खरिद ऐन २०६३ को दफा ६८(१)(क)(ख) र (ग) अनुसार आवश्यक कारबाहीका लागि सिफारिस गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: