Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

गौरीशंकर एग्रोका कारणले लौकही डुबानमा परेको गुनासो

खबरडबली संवाददाता

इनरुवा। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका १, २ र ३ नम्बर वडाको राजमार्ग क्षेत्रमा स्थानीय गौरीशंकर एग्रो इन्डष्ट्रिज प्रालिको दाना उद्योगका कारणले डुबानमा परेको गुनासो बाहिर आएको छ ।

दुई हप्ता अघि आएको बाढीको पानी निकासको बन्द गर्ने गरी उद्योग सञ्चालन भएकाले उद्योगकै कारणले राजमार्ग उतरको भाग कोशी २ र ३ को पश्चिम कुुशाहा तथा कोशी १ र ३ को दक्षिणतर्फको भाग लौकही डुबानमा परेको गुनासो स्थानीयहरुले गरेका छन् ।

दाना उद्योगका कारणले सयौं विगा धान र उखु खेत डुबानमा परेको स्थानीय शिवनारायण उनले गुनासो गरेको छन् । झण्डै ११ विगा क्षेत्रफलमा फैलिएको उद्योगको क्षेत्रमा राजमार्गभन्दा अग्लो हुने गरी भरेको र संरचना निर्माण गरेको कारणले उतर तर्फको पानी निर्वाद रुपमा बग्न नपाएकाले बस्तीदेखि धानखेतसम्म डुबानमा परेको स्थानीय बाशिक आलमले गुनासो गरे।

कोशी ३ का उमर अन्सारीले आफूहरुको बस्ती समेत उद्योगका कारणले डुबानमा परेको दाबी गर्दै उद्योगको बिचबाट पुल वा निकासको कुनै माध्यम बनाउनुपर्ने सुझाव दिए । उनले डुवानको गुनासो आफ्नो मात्रै नभई बस्तीभरीकै गुनासो भएको बादी गरेको छन् ।

बाल र संरचनाका कारणले डुबानमा पर्ने एकातिर समस्या रहेको छ भने अर्को तर्फ उद्योगको प्रदूषणले मानव स्वास्थ्यमा समस्या भएको, धुलो र सिधा पेलेको दिन बस्ती नै दुर्गन्ध हुने समेत गुनासो स्थानीयहरुले गरेका छन् ।

उद्योगका कारणले डुबान र प्रदूषण बढेको गुनासो बाहिर आएको विषयमा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले उद्योग प्रशासनलाई पटक पटक सचेत गराएको तर सहमति गरेर कार्यान्वन नगरेको प्रतिकृया दिनुभएको छ । उद्योगले मापदण्ड अनुसारको काम नगर्दा समस्या भएको र आफूहरुको गाउँपालिकामा सहमति गरेको बाचाहरु समेत पूरा नगर्दा समस्या देखिएको बताए। उद्योगका कारणले प्रदूषण र डुबानमा परेको गुनासो बाहिर आएको विषयमा फेरि उद्योगसँग छलफल गर्ने प्रतिकृया दिए।

यसैबिच, गौरीशंकर एग्रो इन्डष्ट्रिज प्रालिका प्रमुख टिका पोखरेलले आफूहरुका कारणले नभई वर्षा र बाढीले डुबानमा परेको हुनसक्ने बताउदै बरु आफूहरुले प्रदूषण निणन्त्रण गर्ने उपकरणको प्रयोग गरेको दाबी गरे।

आफूहरुले ११ विगा क्षेत्रफलमा पशुपन्छी, माछा तथा कुखुराको दाना उत्पादन गर्ने गरी तीन वर्षअघि स्थापना गरेको र गत वर्षदेखि मकै खरिद गरी त्यसबाट दाना उत्पादन गरेर बजारमा पठाउँदै आएको पोखरेलले बताए। उनले उद्योग आएपछि मात्रै डुबानमा नपरेको र त्यसअघि समेत होचो ठाउँ भएकाले केही डुबानमा पर्दैआएको समेत जानकारी दिए।

उहाँले दाना उद्योगमा पानीको प्रयोग नहुने भएकाले प्रदूषण नभएको र केही मेसिन चल्दाको अवस्थाको प्रदूषण नियन्त्रण गर्ने उपकरणको प्रयोग गरेको प्रतिकृया दिए। उता जमुवा क्षेत्रका केही स्थानीयहरुले उद्योगको कारणले डुबान र प्रदूषण बढेको गुनासो गर्दै उद्योगविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending