इनरुवा। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका १, २ र ३ नम्बर वडाको राजमार्ग क्षेत्रमा स्थानीय गौरीशंकर एग्रो इन्डष्ट्रिज प्रालिको दाना उद्योगका कारणले डुबानमा परेको गुनासो बाहिर आएको छ ।
दुई हप्ता अघि आएको बाढीको पानी निकासको बन्द गर्ने गरी उद्योग सञ्चालन भएकाले उद्योगकै कारणले राजमार्ग उतरको भाग कोशी २ र ३ को पश्चिम कुुशाहा तथा कोशी १ र ३ को दक्षिणतर्फको भाग लौकही डुबानमा परेको गुनासो स्थानीयहरुले गरेका छन् ।
दाना उद्योगका कारणले सयौं विगा धान र उखु खेत डुबानमा परेको स्थानीय शिवनारायण उनले गुनासो गरेको छन् । झण्डै ११ विगा क्षेत्रफलमा फैलिएको उद्योगको क्षेत्रमा राजमार्गभन्दा अग्लो हुने गरी भरेको र संरचना निर्माण गरेको कारणले उतर तर्फको पानी निर्वाद रुपमा बग्न नपाएकाले बस्तीदेखि धानखेतसम्म डुबानमा परेको स्थानीय बाशिक आलमले गुनासो गरे।
कोशी ३ का उमर अन्सारीले आफूहरुको बस्ती समेत उद्योगका कारणले डुबानमा परेको दाबी गर्दै उद्योगको बिचबाट पुल वा निकासको कुनै माध्यम बनाउनुपर्ने सुझाव दिए । उनले डुवानको गुनासो आफ्नो मात्रै नभई बस्तीभरीकै गुनासो भएको बादी गरेको छन् ।
बाल र संरचनाका कारणले डुबानमा पर्ने एकातिर समस्या रहेको छ भने अर्को तर्फ उद्योगको प्रदूषणले मानव स्वास्थ्यमा समस्या भएको, धुलो र सिधा पेलेको दिन बस्ती नै दुर्गन्ध हुने समेत गुनासो स्थानीयहरुले गरेका छन् ।
उद्योगका कारणले डुबान र प्रदूषण बढेको गुनासो बाहिर आएको विषयमा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले उद्योग प्रशासनलाई पटक पटक सचेत गराएको तर सहमति गरेर कार्यान्वन नगरेको प्रतिकृया दिनुभएको छ । उद्योगले मापदण्ड अनुसारको काम नगर्दा समस्या भएको र आफूहरुको गाउँपालिकामा सहमति गरेको बाचाहरु समेत पूरा नगर्दा समस्या देखिएको बताए। उद्योगका कारणले प्रदूषण र डुबानमा परेको गुनासो बाहिर आएको विषयमा फेरि उद्योगसँग छलफल गर्ने प्रतिकृया दिए।
यसैबिच, गौरीशंकर एग्रो इन्डष्ट्रिज प्रालिका प्रमुख टिका पोखरेलले आफूहरुका कारणले नभई वर्षा र बाढीले डुबानमा परेको हुनसक्ने बताउदै बरु आफूहरुले प्रदूषण निणन्त्रण गर्ने उपकरणको प्रयोग गरेको दाबी गरे।
आफूहरुले ११ विगा क्षेत्रफलमा पशुपन्छी, माछा तथा कुखुराको दाना उत्पादन गर्ने गरी तीन वर्षअघि स्थापना गरेको र गत वर्षदेखि मकै खरिद गरी त्यसबाट दाना उत्पादन गरेर बजारमा पठाउँदै आएको पोखरेलले बताए। उनले उद्योग आएपछि मात्रै डुबानमा नपरेको र त्यसअघि समेत होचो ठाउँ भएकाले केही डुबानमा पर्दैआएको समेत जानकारी दिए।
उहाँले दाना उद्योगमा पानीको प्रयोग नहुने भएकाले प्रदूषण नभएको र केही मेसिन चल्दाको अवस्थाको प्रदूषण नियन्त्रण गर्ने उपकरणको प्रयोग गरेको प्रतिकृया दिए। उता जमुवा क्षेत्रका केही स्थानीयहरुले उद्योगको कारणले डुबान र प्रदूषण बढेको गुनासो गर्दै उद्योगविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १४:१८
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...
बैशाख ३१ गते, २०८३ - १४:००
गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...
बैशाख ३१ गते, २०८३ - १३:३२
काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...
बैशाख ३१ गते, २०८३ - १३:२०
काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...
बैशाख ३१ गते, २०८३ - १३:०९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...
बैशाख ३१ गते, २०८३ - १२:५९
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नि...
बैशाख ३१ गते, २०८३ - १२:३९
लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा व्यवसायिक सचेतनाका लागि बजार अनुगमन गरिएको छ । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत व्यवसायीलाई सचेत गराउने तथा जनचेतना अभ...
बैशाख ३१ गते, २०८३ - १२:२७
काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको केही अंश संसदीय अभिलेखबाट हटाइएको छ। वैशाख २९ गते बसेको प्रतिनिधिसभा बैठक...
बैशाख ३१ गते, २०८३ - १२:१९
बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता,कूटनीति...
बैशाख ३१ गते, २०८३ - ११:३२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधिसभामा उपस्थित नभए विरोध जारी राख्ने चेतावनी दिएको छ। प्र...



प्रतिकृया लेख्नुहोस्: