काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। दुई वर्ष लामो प्रतीक्षापछि विपिनको मृत्यु पुष्टि भएको खबरले देशभर शोकको छाया छाएको छ।
बुधबार जारी विज्ञप्तिमा प्रधानमन्त्री कार्कीले लेखेकी छन्ः “बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच आएको यो खबर अत्यन्तै पीडादायक छ। सरकार र सम्पूर्ण नेपाली जनताले विपिनको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका बेला उनको मृत्युले हामी सबैको आशा र सपनालाई छिन्नभिन्न बनाएको छ।”
प्रधानमन्त्रीले विपिनलाई अभूतपूर्व साहस, बहादुरी र त्यागका प्रतीकका रूपमा स्मरण गरेकी छन् । उनको भनाइमा “बन्धक बन्नु अघि विपिनले आफ्ना साथीहरूको ज्यान बचाउन गरेको वीरता उनको जीवनकै सबैभन्दा ठूलो विरासत बनेको छ।”
सरकारले विपिनप्रतिको सम्झनालाई सम्मानपूर्वक जोगाउने र विदेशमा जोखिममा परेका विद्यार्थी र कामदारहरूको सुरक्षाप्रति विशेष ध्यान दिने प्रतिबद्धता पनि कार्कीले जाहेर गरेकी छन्।
विपिन जोशीको मृत्युले नेपाली समाजमा दुःख र गर्व दुबै भाव जागृत गरेको छ । दुःख, किनभने उनले पुनः घर फर्कने सपना पूरा गर्न सकेनन्; र गर्व, किनभने उनले अन्तिम क्षणसम्म मानवीय मूल्य र मित्रताको रक्षा गर्न बलिदान दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: