काठमाडौं । जेन–जी आन्दोलनपछि दुई नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।
धरानका मेयर हर्कबहादुर राई (हर्क साम्पाङ) अध्यक्ष रहने गरी श्रम संस्कृति पार्टीले असोज ७ गते र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपाल नागरिक पार्टीले असोज ९ गते दर्ता निवेदन दिएका हुन्।
आयोगका अनुसार हालसम्म १२ वटा दल दर्ताका निवेदन विचाराधीन छन्। तीमध्ये एउटा निवेदन यस आर्थिक वर्षमा परेको हो भने बाँकी नौ वटा गत आर्थिक वर्षमा दर्ताका लागि आएका थिए।
श्रम संस्कृति पार्टीले माटोको ढिस्को, नागरिक पार्टीले जेन–जीको जुत्ता र उज्यालो नेपाल पार्टीले बलेको चिम चुनाव चिन्ह मागेका छन्।
यहीबीच, जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ, जसका अध्यक्ष दीपककुमार साह रहेका छन्। आयोगले मंगलबार जनस्वराज पार्टीलाई दर्ता प्रमाणपत्र दिएको हो।
यसअघि आइतबार नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर बनेको राष्ट्रिय जनमुक्ति पार्टीले पनि प्रमाणपत्र पाएको थियो।
दुई दल थपिएपछि देशभरका राजनीतिक दलहरूको संख्या १ सय २४ पुगेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन्।
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० सम्म तय गरिएको छ। आयोगले ३० कात्तिकभित्र दर्ता प्रमाणपत्र लिनुपर्ने जनाएको छ।
यससँगै आयोगले मतदाता नामावली अद्यावधिक अभियान पनि थालेको छ, जसअन्तर्गत मंगलबारसम्म ४६ हजार ४९५ जना नयाँ मतदाता सूचीकृत भइसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...



प्रतिकृया लेख्नुहोस्: