काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले उक्त घोषणा गरेका हुन्।
देउवाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्दै भने, “घरमा सधैं एकै जना मूली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु।”
देउवाको यस घोषणासँगै कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र आगामी महाधिवेशनबारे व्यापक चर्चा सुरु भएको छ।
विधान अनुसार देउवा नेतृत्वको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तमा सकिँदैछ। विधानले केन्द्रीय कार्यसमितिलाई एक वर्ष म्याद थप्ने अधिकार दिएको छ। तर, पार्टीभित्र अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन्।
त्यस्तै, डा. शेखर कोइराला नेतृत्वको समूहले मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएको छ। संस्थापन पक्षले भने “विधि र प्रक्रिया पूरा गर्न समय नपुग्ने भएकाले केही समय थप्नुपर्ने” धारणा अघि सारेको छ।
बैठकपछि कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले भने, “सभापतिज्यूले कार्यवाहक तोक्दै महाधिवेशनको कार्यतालिका बनाउन र निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभएको छ। अब जिम्मेवारी कार्यवाहक र पदाधिकारीहरूको काँधमा आएको छ।”
त्यस्तै, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देउवाले नेतृत्व हस्तान्तरणको घोषणा गरिसकेपछि पनि केही नेताहरूले अनावश्यक रूपमा प्रश्न उठाएको भन्दै असन्तुष्टि जनाए।
उता, महामन्त्री थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमले भने कार्यवाहक तोकिँदैमा महाधिवेशन मिति सार्न नहुने बताउँदै भनिन्, “हाम्रो अडान मंसिरमै महाधिवेशन हुनुपर्छ भन्ने नै हो।”
हाल संस्थापन पक्षले महाधिवेशन गर्ने तर समय केही सार्नुपर्ने, विपक्षी पक्षले भने मंसिरमै गर्नुपर्ने अडान लिएको छ। देउवाले कार्यवाहक तोकेसँगै अब कांग्रेसभित्र नेतृत्वको बाटो र एकताको समीकरण कस्तो बन्छ भन्ने विषयमा सबैको नजर केन्द्रित भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: