काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले उक्त घोषणा गरेका हुन्।
देउवाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्दै भने, “घरमा सधैं एकै जना मूली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु।”
देउवाको यस घोषणासँगै कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र आगामी महाधिवेशनबारे व्यापक चर्चा सुरु भएको छ।
विधान अनुसार देउवा नेतृत्वको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तमा सकिँदैछ। विधानले केन्द्रीय कार्यसमितिलाई एक वर्ष म्याद थप्ने अधिकार दिएको छ। तर, पार्टीभित्र अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन्।
त्यस्तै, डा. शेखर कोइराला नेतृत्वको समूहले मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएको छ। संस्थापन पक्षले भने “विधि र प्रक्रिया पूरा गर्न समय नपुग्ने भएकाले केही समय थप्नुपर्ने” धारणा अघि सारेको छ।
बैठकपछि कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले भने, “सभापतिज्यूले कार्यवाहक तोक्दै महाधिवेशनको कार्यतालिका बनाउन र निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभएको छ। अब जिम्मेवारी कार्यवाहक र पदाधिकारीहरूको काँधमा आएको छ।”
त्यस्तै, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देउवाले नेतृत्व हस्तान्तरणको घोषणा गरिसकेपछि पनि केही नेताहरूले अनावश्यक रूपमा प्रश्न उठाएको भन्दै असन्तुष्टि जनाए।
उता, महामन्त्री थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमले भने कार्यवाहक तोकिँदैमा महाधिवेशन मिति सार्न नहुने बताउँदै भनिन्, “हाम्रो अडान मंसिरमै महाधिवेशन हुनुपर्छ भन्ने नै हो।”
हाल संस्थापन पक्षले महाधिवेशन गर्ने तर समय केही सार्नुपर्ने, विपक्षी पक्षले भने मंसिरमै गर्नुपर्ने अडान लिएको छ। देउवाले कार्यवाहक तोकेसँगै अब कांग्रेसभित्र नेतृत्वको बाटो र एकताको समीकरण कस्तो बन्छ भन्ने विषयमा सबैको नजर केन्द्रित भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...



प्रतिकृया लेख्नुहोस्: