Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

प्राधिकरणको चेतावनी : कात्तिक २ गतेसम्म बक्यौता नतिरे उद्योगको बिजुली काटिने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडरको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली काट्ने चेतावनी दिएको छ । प्राधिकरणले कात्तिक २ गतेसम्म अन्तिम म्याद तोकेर सो अवधिभित्र रकम नबुझाए विद्युत् लाइन काट्ने तयारी गरेको हो ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार २०७२ देखि २०७५ सम्मको बक्यौता रकम असुल गर्न निर्णय भइसकेको छ । उनले भने, “अहिलेसम्म कुनै उद्योगले बक्यौता तिरेको छैन, नतिरे सबैको लाइन काटिन्छ।”

प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंकलाइनमार्फत आपूर्ति गरिएको विद्युत्को बक्यौतामा करिब ६ अर्ब ४० करोड रुपैयाँ उठाउन बाँकी छ । कात्तिक २ गतेपछि पनि तिर्न आनाकानी गरे सबै उद्योगको लाइन काट्ने तयारी भएको जनाइएको छ ।

यता, उद्योगीहरूले भने बिल असंगत रहेको भन्दै भुक्तानी गर्न अस्वीकार गर्दै आएका छन् । १० वर्षदेखि चल्दै आएको यो विवाद समाधान नहुँदा प्राधिकरणको आर्थिक अवस्थामासमेत असर परेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

ब्राउन सुगर र नियन्त्रित लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...

प्रलोपा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच एकता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...

प्रतिनिधिसभा निर्वाचनअघि नेकपा–माओवादी एकताको प्रयास, सघन छलफल जारी

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

‘अप्रेसन ब्राभो सेरा’: चुनावी सुरक्षा कि गाउँघरको मौन खतरा उजागर ?

म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...

समानुपातिक सूची संशोधनको समयसीमा: दलभित्रको शक्ति संघर्षको निर्णायक घडी

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...

खुसी बोकेको बसले फर्कायो मृत्युको खबर, मालिकामा विद्यार्थी बोकेको बसको ठक्करबाट दुईकाे मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending