काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडरको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली काट्ने चेतावनी दिएको छ । प्राधिकरणले कात्तिक २ गतेसम्म अन्तिम म्याद तोकेर सो अवधिभित्र रकम नबुझाए विद्युत् लाइन काट्ने तयारी गरेको हो ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार २०७२ देखि २०७५ सम्मको बक्यौता रकम असुल गर्न निर्णय भइसकेको छ । उनले भने, “अहिलेसम्म कुनै उद्योगले बक्यौता तिरेको छैन, नतिरे सबैको लाइन काटिन्छ।”
प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंकलाइनमार्फत आपूर्ति गरिएको विद्युत्को बक्यौतामा करिब ६ अर्ब ४० करोड रुपैयाँ उठाउन बाँकी छ । कात्तिक २ गतेपछि पनि तिर्न आनाकानी गरे सबै उद्योगको लाइन काट्ने तयारी भएको जनाइएको छ ।
यता, उद्योगीहरूले भने बिल असंगत रहेको भन्दै भुक्तानी गर्न अस्वीकार गर्दै आएका छन् । १० वर्षदेखि चल्दै आएको यो विवाद समाधान नहुँदा प्राधिकरणको आर्थिक अवस्थामासमेत असर परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २०:३०
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाएको निष्कर्षसहित जाँचबुझ आयोगले पाँच जना सामाजिक सञ्जालमा सक्रिय व्यक्तिको नाम सार्वजनिक गरेको छ। ...
चैत्र ११ गते, २०८२ - १९:१७
काठमाडौँ । भदौ २३ र २४ गते संसद् भवन, नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति तथा सुरक्षा संयन्त्रको भूमिक...
चैत्र ११ गते, २०८२ - १९:०७
सप्तरी । सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएका दुई वटा मोटरसाइकलसहित कपडा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा २ स्थित र...
चैत्र ११ गते, २०८२ - १८:५७
सिरहा । गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहे...
चैत्र ११ गते, २०८२ - १८:५६
काठमाडौं । सुधन गुरुङले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे हामी नेपाल नामक गैरसरकारी संस्थाको डिस्कर्डबाट विध्वंश मच्चाउने छलफल नभएको बयान दिएका छन् ...
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...


प्रतिकृया लेख्नुहोस्: