काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपाल र कोरियाबीच लामो समयदेखि रहिआएको आर्थिक सहकार्य अझ मजबुत बनाउने इच्छा व्यक्त गरे।
भेटमा मन्त्री घिसिङले ऊर्जा सन्तुलन र विद्युत निर्यातका लागि ठूला जलाशययुक्त जलविद्युत आयोजनाको आवश्यकता औँल्याउँदै ५०० मेगावाटभन्दा ठूला आयोजना सरकार–सरकार तहको साझेदारीमा वा कोरियाली निजी क्षेत्रको लगानीमा अघि बढाउन सकिने प्रस्ताव गरे।
साथै, हरित हाइड्रोजन उत्पादनमा कोरियाको अनुभव नेपालमा लागू गर्दै मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा प्रयोग गर्न सकिने नमुना परियोजना विकास गर्न सहयोग गर्न आग्रह गरे।
मन्त्री घिसिङले रोजगार अनुमती प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि, उनीहरूका लागि सीप विकास तालिम र फर्किएपछि सीप प्रयोग गरी उद्यमशील रोजगारी सिर्जनामा सहयोग गर्न पनि अनुरोध गरे।
त्यस्तै, उनले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनका लागि कोरियन एक्जिम बैंकमार्फतको सहयोग छिटो टुंग्याउन र रेलमार्ग निर्माण, सञ्चालन र मर्मतका लागि क्षमता विकासमा सहकार्य गर्न आग्रह गरे।
भेटका क्रममा राजदूत पार्कले रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी दिए।
उनका अनुसार आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको छ।
उक्त अवसरमा मन्त्री घिसिङलाई उक्त ब्रेकथ्रु समारोहमा सहभागी हुन अनुरोध गरिएको थियो।
राजदूत पार्कले कोरियाली कम्पनीहरूलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आकर्षित गर्न सेमिनार आयोजना गर्ने तयारी भइरहेको जानकारी गराउँदै प्रसारण लाइन निर्माणमा आवश्यक सहयोगका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताए।
भेटवार्तामा दुवै पक्षले नेपाल–कोरिया सम्बन्धलाई ऊर्जा, पूर्वाधार र रोजगारीका क्षेत्रमा थप सुदृढ बनाउने सहमति जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८२ - १६:५६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएको छन्। आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्व...
मंसिर १ गते, २०८२ - १६:४५
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकले पा...
मंसिर १ गते, २०८२ - १६:३४
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि (सोमबार) गर्ने भएको छ। अदालतले मधेश प्रदेश प्रमुखका पक्षबाट बहस र लि...
मंसिर १ गते, २०८२ - १६:१४
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङदलमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा–२ चौकीटोलका ३९ वर्षीय वीरबहाद...
मंसिर १ गते, २०८२ - १५:५०
सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर ...
मंसिर १ गते, २०८२ - १५:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासन ठानेको टिप्पणी गरेका छन्। आइतबार गुण्डु...
मंसिर १ गते, २०८२ - १५:१५
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको समयवधि मंसिर ६ गतेसम्म बढाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि कात्तिक ३० गतेसम्म नया...
मंसिर १ गते, २०८२ - १५:०७
काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। पार्टी सभापतिमा झापा निवासी माधव प्रसाद खतिवडा प...
मंसिर १ गते, २०८२ - १४:५४
दाङ। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर स...
मंसिर १ गते, २०८२ - १४:४८
ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राको छन् । बागमती प...




प्रतिकृया लेख्नुहोस्: