Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

संविधान जलाउने कुरामा भट्टराईको समर्थन हुँदैन

\"baburam-bhattarai\"काठमाडौं । बाबुराम भट्टराईको सचिवालयले आज केही मिडिया तथा सामाजिक संजालमा आएको समाचारको खण्डन गरेको छ  । सचिवालय भन्छ,– ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थितिमा जनकपुरमा संविधान जलाउने भनी आएको समाचारप्रति ध्यानाकर्षण भएको छ । यो समाचार शत प्रतिशत गलत हो । पूर्वप्रधानमन्त्री भट्टराई र भट्टराई समर्थित मधेशी नेताहरु कसैको पनि संविधान जलाउने कुरामा समर्थन रहँदैन । भट्टराई समर्थक मधेशी मोर्चाको त्यस खालको कुनै कार्यक्रम छैन । पूर्वप्रधानमन्त्री भट्टराईको एक मात्र लक्ष्य पहाड र तराई–मधेशको दूरी कम गरेर राष्ट्रिय एकतालाई मजबुत पार्ने, अखण्डतालाई जोगाउने र हिमाल, पहाड, तराई–मधेशका सबै नेपालीले नयाँ संविधानको स्वामित्व ग्रहण गर्ने र दिपावली मनाउने वातावरण बनाउनु हो । यसबाहेक संविधान जलाउने कुरामा भट्टराईको समर्थन छैन ।’
एमाओवादीका केही असन्तुष्ट मधेसी नेताहरुको पहलमा पार्टी त्याग गरेका भट्टराईलाई मंगलबार जनकपुर लैजान खोजिएपछि आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताले उनको विरोध गर्ने र जनकपुर जान नदिने बताएका थिए । भट्टराई समर्थक मधेसी नेताहरु रामकुमार शर्मा लगायतले मधेसी मोर्चासँग वार्ता गर्दा भट्टराईसहितले जनकपुरमा आएर नयाँ संविधान जलाउने भएमात्र उनलाई प्रवेश गर्न दिने बताएपछि शर्माहरुले उक्त प्रस्ताव स्वीकार गरेका हुन् । ‘यो संविधानको मधेस विरोधी दफाहरुको हामीले विरोध गर्दै आएका थियौं । उहाँहरुले त्यसलाई जलाउने माग राख्नु भएको थियो । हामीले सहमति दिएका छौं’ शर्माले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending