Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

खबरडबली संवाददाता

काठमाडौं । २१ फागुनको निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस गराइरहेको कांग्रेसभित्र संस्थापन पक्षकै नेताहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिँदै जान थालेका छन् । विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले पुनर्स्थापनाका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिएको छ ।

एमालेसहित संसद्को बहुमत सांसदको हस्ताक्षर जुटाउने तयारी कांग्रेसको छ । तर, महामन्त्री गगन थापा पक्षधर सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । डा. शेखर कोइराला पक्षले पनि निर्वाचनको वातावरण नबनेको जनाउँदै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आफूलाई उभ्याएको छ । स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले फोन गरेर निवर्तमान सांसदहरूलाई हस्ताक्षरका लागि सिंहदरबास्थित संसदीय दलको कार्यालयमा बोलाइरहेका छन् । प्रत्येकका लागि छुट्टाछुट्टै पृष्ठमा हस्ताक्षर र दायाँबायाँ औँठाछाप गराइएको एक सांसदले बताए । 

कांग्रेस सचेतक सुशीला थिङले संसद्को बहुमत पुर्‍याउने गरी हस्ताक्षर अभियान चलिरहेको बताइन् । ‘कांग्रेसमा बहुमतको हस्ताक्षर भइसक्यो, हामी संसद्कै बहुमत पुर्‍याउने गरी अघि बढेका छौँ । असंवैधानिक रूपमा विघटन भएको संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन,’ उनले भनिन् ।

संसद् पुनर्स्थापनाको पक्षमा कोइराला पक्ष पनि सहमत देखिएको छ । नेता कोइरालाले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको र संसद् पुनर्स्थापनाको सम्भावना बढ्दै गइरहेको बताएका थिए ।

पार्टीले आधिकारिक निर्णय गरे आफूहरू हस्ताक्षर गरेर अगाडि बढ्ने निवर्तमान सांसद सञ्जय गौतमले बताए । ‘चुनावमै जानुपर्छ भन्ने मान्यता हो । तर, देश संसद् पुनर्स्थापनाको बाटोमा जान थालेको आभास भएको छ,’ गौतमले भने, ‘मैले अहिलेसम्म हस्ताक्षर त गरेको छैन । पार्टीले आधिकारिक निर्णय गर्‍यो भने सोच्नुपर्छ ।’

महामन्त्री थापा पक्षघर मानिने निवर्तमान सांसद प्रतिमा गौतमले हस्ताक्षरका लागि पटक–पटक आग्रह गरिए पनि आफूहरूले नगरेको बताइन् । ‘कांग्रेसले आधिकारिक र संस्थागत निर्णय गरेको छैन । साथीहरूले हस्ताक्षर गर्नुपर्छ भन्नुभएको थियो । तर, हामी हस्ताक्षर नगरौँ भन्नेमा छौैँ । हामी ताजा जनादेशमा जानुपर्छ भन्नेमै छौँ,’ उनले भनिन् । 

निवर्तमान सांसद चन्द्र भण्डारीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर समस्या समाधानमा केन्द्रित हुनुपर्ने प्रतिक्रिया दिए । ‘संसद् पुनर्स्थापित गरेर समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्छ । अहिले चुनाव भए व्यक्ति परिवर्तन होला, तर प्रवृत्ति उस्तै रहन्छ । त्यसैले संसद् पुनर्स्थापना हुनुपर्छ, बरु सरकार यही रहे पनि हुन्छ,’ उनले भने ।

कांग्रेसको संस्थापन पक्षधर एक सांसदका अनुसार  प्रतिनिधिसभाकै बहुमत सांसद जुटाएर पुनर्स्थापनाका लागि पूरक रिटसहित अदालत जाने तयारीस्वरूप हस्ताक्षर संकलन भइरहेको हो । यसबाट संसद् पुनर्स्थापनाको मुद्दामा न्यायालय दबाबमा आउने र अनुकूल निर्णय आउने कांग्रेस–एमालेका शीर्ष नेताको विश्लेषण छ । 

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ सांसद आवश्यक पर्छन् । कांग्रेस र एमालेको बहुमत पुग्छ । तर, कांग्रेस महामन्त्री थापा पक्षका सांसदले हस्ताक्षर गरेका छैनन् । त्यसकारण बहुमत पुर्‍याउन मधेशवादी दललाई समेत पुनर्स्थापनाको पक्षमा ल्याउन आन्तरिक छलफल भइरहेको छ । यस्तोमा एमालेका ७६ सांसद हुने र त्यसमा जोडेर बहुमत पुर्‍याउने गरी हस्ताक्षर गर्ने तयारी छ । 

विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, शान्ति विक, जाबेदा खातुन र नागिना यादवको तर्फबाट सर्वोच्च अदालतमा रिट परिसकेको छ । कांग्रेस प्रमुख सचेतक, सचेतकसहितका सांसदले वारेसमार्फत दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । 

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको दुई दिनपछि कांग्रेस निवर्तमान सांसदहरूले रिट दायर गरेका थिए । त्यसअघि नै एमालेको तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संसद् पुनर्स्थापनाको मागसहितको रिट दर्ता गराएका थिए ।

एमालेले संस्थागत निर्णय गरेर नै संसद् पुनर्स्थापनाको मुद्दा उठाएको छ । संसद् विघटनलाई असंवैधानिक भने पनि कांग्रेस अहिलेको राजनीतिक निकास निर्वाचन भन्दै त्यसको तयारीमा पनि लागेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: