जनकपुरधाम। तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा समुदायका नागरिक अहिले बाँसका सामग्री बनाउन काममा व्यस्त देखिएका छन् ।
छठ पर्वमा विशेषगरी बाँसबाट बनेका सामग्रीको प्रयोग हुनेहुँदा बजारमा माग बढेसँगै यति बेला डोम समुदायका महिला तथा पुरुष बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् ।
प्रत्येव वर्षको छठमा प्रयोग हुने बाँसको सुपा, डलिया, टोकरीलगायतका सामग्री नयाँ प्रयोग गर्नुपर्ने परम्परा अनुसार बाँसका सामग्रीको माग बढ्दै गएपछि धनुषा, सिरहा, महोत्तरी, सप्तरी र रौतहटलगायतका जिल्ला अहिले बाँसका विभिन्न सामग्री बनाएको देख्न सकिन्छ । जनकपुरधाम उपमहानगरपालिका–६ की ४० वर्षीया दुलारी देवी मल्लिक भन्न्छन्, “मिथिला क्षेत्रमा मनाइने छठ, चौरचन तथा बर्साइन पर्व आउँदा बाँका सामग्री बनाउने चटारो हुन्छ ।’’
उनका अनुसार छठ पर्वले उनीहरूको वर्षकै सबैभन्दा व्यस्त समय ल्याउँछ । छठमा प्रयोग हुने सबै पूजा सामग्रीमध्ये बाँसका वस्तु अनिवार्य रूपमा प्रयोग हुन्छन् । प्रसाद राख्ने, जलाशय किनारमा पूजा गर्ने र सूर्यलाई अर्घ दिने क्रममा बाँसका डालो, सुपा र टोकरीको प्रयोग गरिन्छ । जुन धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।
यस्तै, जनकपुरधाम–७ की निललम देवीका अनुसार छठ पर्वकै समयमा उहाँहरूको परिवारको मुख्य आम्दानी हुने गर्छ । “यो समयमा महिनामा १५ देखि २० हजारसम्म कमाइ हुन्छ,” उनी भन्न्छन्, “अरू महिनामा काम घट्छ, तर छठले हामीलाई बाँच्ने आधार दिन्छ ।”
तर धार्मीक, सांस्कृतिक तथा पर्यावारणमैत्री बाँसका सामग्री बाँसका सामग्री बनाउने परम्परागत सीपलाई थप आधनुनिकतासँग नजोडिदा उक्त सीप सङ्कटमा परेको ति समुदायको गुनासो छ ।
नयाँ पुस्ता यो पेशातिर आकर्षित नभएको र बजारमा सस्तो प्लास्टिकका सामग्रीले प्रतिस्पर्धा समेत बढाएको छ । ठुला सहरतिर बाँसबाट बनाइने आर्षक सामग्री ठुला होटल तथा मलहरुमा बिक्री वितरण हुने गरेका छन्, तर परम्परागत रुपमै ति सामग्री बनाउँदै आएका तराई मधेशका ती समुदायका नागरिकलाई पनि थप ज्ञान तथा सीपको आवश्यकता छ, जसले परम्परागत सीपलाई अझै मजबुत बनाउँदै लैजाने छ र भावी पुस्ताले पनि यो सीपलाई अंगाल्न रुचाउने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८२ - १६:५६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएको छन्। आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्व...
मंसिर १ गते, २०८२ - १६:४५
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकले पा...
मंसिर १ गते, २०८२ - १६:३४
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि (सोमबार) गर्ने भएको छ। अदालतले मधेश प्रदेश प्रमुखका पक्षबाट बहस र लि...
मंसिर १ गते, २०८२ - १६:१४
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङदलमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा–२ चौकीटोलका ३९ वर्षीय वीरबहाद...
मंसिर १ गते, २०८२ - १५:५०
सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर ...
मंसिर १ गते, २०८२ - १५:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासन ठानेको टिप्पणी गरेका छन्। आइतबार गुण्डु...
मंसिर १ गते, २०८२ - १५:१५
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको समयवधि मंसिर ६ गतेसम्म बढाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि कात्तिक ३० गतेसम्म नया...
मंसिर १ गते, २०८२ - १५:०७
काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। पार्टी सभापतिमा झापा निवासी माधव प्रसाद खतिवडा प...
मंसिर १ गते, २०८२ - १४:५४
दाङ। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर स...
मंसिर १ गते, २०८२ - १४:४८
ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राको छन् । बागमती प...




प्रतिकृया लेख्नुहोस्: