काठमाडौँ। संयुक्त अधिराज्य बेलायतमा आयोजित अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्याब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाद्वारा जारी विज्ञप्तिअनुसार, बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको सो अभ्यासमा नेपाली सेनाको टोलीले सर्वाधिक अङ्क हासिल गर्दै स्वर्ण पदक जितेको हो।
सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगितामा यस वर्ष संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता रहेको थियो। नेपाली सेनाले सन् २०१४ देखि यो अन्तर्राष्ट्रियस्तरको अभ्यासमा सहभागी हुँदै आएको छ।
दुई दिनको अवधिमा हतियार, करिब ५० पौन्ड ९२२ किलो० तौल बराबरको उपकरण र बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने यस अभ्यासमा टोलीको सैनिक दक्षता, योजना निर्माण, खबर सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापन लगायतका सीपहरूको मूल्याङ्कन गरिन्छ।
नेपाली सेनाले यसअघि पनि सन् २०१७, २०१९ र २०२४ मा सो प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको थियो। यसपटकको सफलता नेपाली सेनाको उच्च व्यावसायिक क्षमता, अनुशासन र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्यको प्रमाणका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८२ - १६:५६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएको छन्। आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्व...
मंसिर १ गते, २०८२ - १६:४५
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकले पा...
मंसिर १ गते, २०८२ - १६:३४
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ भोलि (सोमबार) गर्ने भएको छ। अदालतले मधेश प्रदेश प्रमुखका पक्षबाट बहस र लि...
मंसिर १ गते, २०८२ - १६:१४
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङदलमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा–२ चौकीटोलका ३९ वर्षीय वीरबहाद...
मंसिर १ गते, २०८२ - १५:५०
सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर ...
मंसिर १ गते, २०८२ - १५:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासन ठानेको टिप्पणी गरेका छन्। आइतबार गुण्डु...
मंसिर १ गते, २०८२ - १५:१५
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको समयवधि मंसिर ६ गतेसम्म बढाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि कात्तिक ३० गतेसम्म नया...
मंसिर १ गते, २०८२ - १५:०७
काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। पार्टी सभापतिमा झापा निवासी माधव प्रसाद खतिवडा प...
मंसिर १ गते, २०८२ - १४:५४
दाङ। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर स...
मंसिर १ गते, २०८२ - १४:४८
ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राको छन् । बागमती प...




प्रतिकृया लेख्नुहोस्: