Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

रातमा बस्ती असुरक्षित, सुरक्षा माग गर्दै राउटे युवाहरू

फइल तस्विर
खबरडबली संवाददाता

सुर्खेत । कर्णालीका सुर्खेत लगायतका क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका युवाहरूले पछिल्लो समय रातको समयमा बस्ती असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्थाको माग गरेका छन्।

गत असोज २४ गते राति लेकबेँसी नगरपालिका नजिकैको राउटे बस्तीमा मदिरा सेवन गरेर प्रवेश गरेका एक युवकलाई समुदायका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी मोहनजङ्ग बुढ्थापाले ती युवकविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। राउटे युवाहरूका अनुसार पछिल्लो समय बाहिरी मानिसहरू बिनाकाम बस्तीमा प्रवेश गर्ने र मादक पदार्थ सेवन गरेर अवाञ्छित गतिविधि गर्ने प्रवृत्ति बढ्दै गएको छ।

राउटे युवा दीपक शाही भन्छन्, “हिजोमात्र एक जना रक्सी पिएर बस्तीमा आएर हल्ला गर्‍यो, हामी त्रासमा छौँ। रातमा बिनाकाम बस्तीमा नआउन सबैलाई अनुरोध गर्छौँ।”

‘बस्तीमा प्रहरी चाहियो’

राउटे समुदायको संरक्षणका लागि काम गर्दै आएका सोसेक नेपालका दुर्गा खत्रीले बस्तीमा सुरक्षा चुनौती बढ्दै गएको बताउँदै स्थायी प्रहरी टोली खटाउन आवश्यक रहेको औंल्याए।उनका अनुसार, “रातको समयमा गलत नियतका मानिसहरू बस्तीमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ। यसले राउटेहरूको सुरक्षा मात्र होइन, उनीहरूको जीवनशैलीमै असर पार्दैछ।”

खत्रीले थपे  “राउटेलाई भत्ताको साटो राशन दिनुपर्छ। भत्ताको पैसा प्रायः मदिरा किन्न प्रयोग हुने भएकाले उनीहरू स्वास्थ्य र सुरक्षाको दृष्टिले जोखिममा छन्।”

भाइरल ज्वरोको सङ्क्रमण

सुरक्षा समस्या मात्र होइन, पछिल्लो समय राउटे समुदायमा भाइरल ज्वरोको सङ्क्रमण पनि बढेको छ। राउटे बस्तीमा खटिएकी स्वास्थ्यकर्मी अनुजा पन्तका अनुसार, सुरुवातमा दुई जनामा मात्र ज्वरो देखिएको भए पनि अहिले २५ जनाभन्दा बढी बिरामी भएका छन्।

उनले भनिन्, “डेङ्गु परीक्षण गर्न नदिने भएकाले हामीले प्राथमिक उपचार मात्र गरेका छौँ। अन्य परीक्षणका लागि उनीहरू ‘कन्भिन्स’ हुँदैनन्।”

राउटे जनसंख्या लगातार घट्दै

राष्ट्रिय मानवअधिकार आयोगको २०८१ सालको प्रतिवेदन अनुसार, राउटे जनसंख्या लगातार घट्दै गएको छ। २०७५ सालमा १४९ रहेको जनसंख्या २०७८ सम्म आइपुग्दा १४४ मा झर्‍यो, र अहिले २०८१ को तथ्याङ्क अनुसार १३५ मा सीमित भएको छ।

विज्ञहरूका अनुसार, यो घट्दो संख्याको कारण सामाजिक परम्परा, विवाह सम्बन्धी नियम, अत्यधिक मदिरा सेवन, र कमजोर स्वास्थ्य अवस्था हुन्।

सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाका अनुसार, “राउटे समुदायमा तीन वंश — कल्याल, रास्कोटी र सोवंशी  छन्। एउटै वंशबीच विवाह नहुने परम्परा र श्रीमान्को मृत्युपछि महिलाले पुनर्विवाह गर्न नपाउने संस्कारले जनसंख्या घटाएको हो।”

हाल राउटे समुदायमा २३ जना एकल महिला रहेका छन्, जसमा धेरैजसो २०–३० वर्ष उमेर समूहका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेटविहीन स्थानीय तहः मधेशमा चार महिनापछि पनि सरकारी योजना अलपत्र

काठमाडाैं । मधेश प्रदेशको स्थानीय कार्यालयहरू चार महिना अघि आर्थिक वर्ष सुरु भए पनि अबसम्म बजेट ल्याउन सकेका छैनन्। चालु आर्थिक वर्षको जेठदेखि असारसम्...

नेपालको झण्डासहित मधेश भवनमा सात दलको धर्ना

काठमाडाैं । जनकपुरधामको बिहानको चिसो हावा भित्र, मधेश भवन अगाडि सात दलका नेता र कार्यकर्ता धर्नामा बसेका थिए। यो धर्ना कुनै साधारण प्रदर्शन होइन; यहाँ...

दाङको नारेबाङ: शान्ति र हरियालीको अनुपम मेल

काकठमाडाैं । दाङको घोराही उपमहानगरपालिका–१२ अन्तर्गत पर्ने नारेबाङ गाउँ र वरिपरिको भूभागले आउने आगन्तुकलाई पहिलो नजरमै मोहित बनाउँछ। हरियालीले ढाकिएको...

सोलुमा ‘पावर–टिकट’को साम्राज्य : सर्वसाधारणकाे उडान अधिकार अपहरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर  । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ...

सुनको मूल्यमा ठूलो पहिरो : एकैदिन घट्यो ६ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलै पहिरो आएको छ। एकैदिनमै तोलामा ६ हजार ९०० रुपैयाँले सुन सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...

कैलालीमा २० ग्रामभन्दा बढी खैरो हेरोइनसहित ९ जना पक्राउ

कैलाली । जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचपछि २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन्। पक्राउ परेकासँगै प्रहरीले च...

नेपाल बैंक ८९औँ वर्षमा प्रवेश, अध्यक्ष शर्माद्वारा शुभकामना

काठमाडौँ । नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। निरन्तर ८८ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको देशको पहिलो ब...

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न...

कोदोको बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

काठमाडाैं । कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending