Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

रातमा बस्ती असुरक्षित, सुरक्षा माग गर्दै राउटे युवाहरू

फइल तस्विर
खबरडबली संवाददाता

सुर्खेत । कर्णालीका सुर्खेत लगायतका क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका युवाहरूले पछिल्लो समय रातको समयमा बस्ती असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्थाको माग गरेका छन्।

गत असोज २४ गते राति लेकबेँसी नगरपालिका नजिकैको राउटे बस्तीमा मदिरा सेवन गरेर प्रवेश गरेका एक युवकलाई समुदायका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी मोहनजङ्ग बुढ्थापाले ती युवकविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। राउटे युवाहरूका अनुसार पछिल्लो समय बाहिरी मानिसहरू बिनाकाम बस्तीमा प्रवेश गर्ने र मादक पदार्थ सेवन गरेर अवाञ्छित गतिविधि गर्ने प्रवृत्ति बढ्दै गएको छ।

राउटे युवा दीपक शाही भन्छन्, “हिजोमात्र एक जना रक्सी पिएर बस्तीमा आएर हल्ला गर्‍यो, हामी त्रासमा छौँ। रातमा बिनाकाम बस्तीमा नआउन सबैलाई अनुरोध गर्छौँ।”

‘बस्तीमा प्रहरी चाहियो’

राउटे समुदायको संरक्षणका लागि काम गर्दै आएका सोसेक नेपालका दुर्गा खत्रीले बस्तीमा सुरक्षा चुनौती बढ्दै गएको बताउँदै स्थायी प्रहरी टोली खटाउन आवश्यक रहेको औंल्याए।उनका अनुसार, “रातको समयमा गलत नियतका मानिसहरू बस्तीमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ। यसले राउटेहरूको सुरक्षा मात्र होइन, उनीहरूको जीवनशैलीमै असर पार्दैछ।”

खत्रीले थपे  “राउटेलाई भत्ताको साटो राशन दिनुपर्छ। भत्ताको पैसा प्रायः मदिरा किन्न प्रयोग हुने भएकाले उनीहरू स्वास्थ्य र सुरक्षाको दृष्टिले जोखिममा छन्।”

भाइरल ज्वरोको सङ्क्रमण

सुरक्षा समस्या मात्र होइन, पछिल्लो समय राउटे समुदायमा भाइरल ज्वरोको सङ्क्रमण पनि बढेको छ। राउटे बस्तीमा खटिएकी स्वास्थ्यकर्मी अनुजा पन्तका अनुसार, सुरुवातमा दुई जनामा मात्र ज्वरो देखिएको भए पनि अहिले २५ जनाभन्दा बढी बिरामी भएका छन्।

उनले भनिन्, “डेङ्गु परीक्षण गर्न नदिने भएकाले हामीले प्राथमिक उपचार मात्र गरेका छौँ। अन्य परीक्षणका लागि उनीहरू ‘कन्भिन्स’ हुँदैनन्।”

राउटे जनसंख्या लगातार घट्दै

राष्ट्रिय मानवअधिकार आयोगको २०८१ सालको प्रतिवेदन अनुसार, राउटे जनसंख्या लगातार घट्दै गएको छ। २०७५ सालमा १४९ रहेको जनसंख्या २०७८ सम्म आइपुग्दा १४४ मा झर्‍यो, र अहिले २०८१ को तथ्याङ्क अनुसार १३५ मा सीमित भएको छ।

विज्ञहरूका अनुसार, यो घट्दो संख्याको कारण सामाजिक परम्परा, विवाह सम्बन्धी नियम, अत्यधिक मदिरा सेवन, र कमजोर स्वास्थ्य अवस्था हुन्।

सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाका अनुसार, “राउटे समुदायमा तीन वंश — कल्याल, रास्कोटी र सोवंशी  छन्। एउटै वंशबीच विवाह नहुने परम्परा र श्रीमान्को मृत्युपछि महिलाले पुनर्विवाह गर्न नपाउने संस्कारले जनसंख्या घटाएको हो।”

हाल राउटे समुदायमा २३ जना एकल महिला रहेका छन्, जसमा धेरैजसो २०–३० वर्ष उमेर समूहका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: