Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

फेरि अपराधको बाटोमा : जेलभित्रका ‘जेनजी’हरू बाहिरिएपछि देश असुरक्षित

खबरडबली संवाददाता

काठमाडौं । असोज १३ को साँझ ठमेलको गल्लीमा रगत बग्यो— त्यो सामान्य अपराध थिएन, त्यो देशकै कानून र कारागार प्रणालीमाथिको ठट्टा थियो। नख्खु कारागारबाट जेन(जी आन्दोलनको हुलसँगै भागेका कैदी आकाश मगरले आफ्नै साथीको ज्यान लिएका छन्। लागुऔषध मुद्दामा कारागार पुगेका उनी कारागार भत्किँदा निस्किए र केही दिनमै हत्या आरोपमा पुनः चर्चामा आए।

हत्याका शिकार बने—२५ वर्षीय सुरज तामाङ, जो आकाशकै नजिकका साथी थिए। ठमेलको ह्याप्पी होटल अगाडि भएको खुकुरी प्रहारपछि सुरज वीर अस्पताल पुग्दा पुग्दै प्राण गुमाए।
प्रहरीका अनुसार, “हत्यारा र पीडितबीच पुरानो चिनजान थियो। तर नख्खुबाट बाहिरिएपछि उनीहरूको सम्बन्ध घातक मोडमा पुग्यो।”

जेल टुट्दा ‘स्वतन्त्रता’ होइन, अराजकता फैलियो

जेन(जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारमा जे भयो, त्यो अब देशभरका सुरक्षाकर्मी र प्रशासनका लागि दुःस्वप्न बनेको छ। त्यो दिन—राजनीतिक आन्दोलनको भीडसँगै हजारौं कैदीले ढोका तोडे, पर्खाल उक्लिए, र कानूनी साङ्ला तोड्दै बाहिरिए।

रवि लामिछानेजस्ता ठूला राजनीतिक पात्रको “रिहाइ दृश्य” पछि नख्खुका कैदीहरू पनि स्वतन्त्रताको उन्मादमा उत्रिए। तर त्यो स्वतन्त्रता केहीका लागि घातक बन्यो। मकवानपुरका आकाशदेखि काभ्रेका सन्तबहादुर तामाङसम्म—जेल तोड्नेहरू अब हत्याका समाचारमा प्रमुख पात्र बनेका छन्।

‘कारागार’ फर्किन नमान्ने पाँच हजार

सरकारी तथ्यांकले देखाउँछ । अहिले पनि पाँच हजारभन्दा बढी कैदी र बन्दी कारागार फर्किएका छैनन्। केही भारतमा समातिएका छन्, तर धेरै अझै बेपत्ता छन्। प्रहरी अधिकारीहरू भन्छन्, “कसरी नियन्त्रण गर्ने ? प्रणाली नै जलेको छ।”  नख्खु मात्र होइन, अन्य जेलहरूबाट पनि भाग्नेहरू अहिले गाउँ–शहरमा लुकेका छन्। केहीले आफ्नो नाम र ठेगाना फेरेका छन्, केही पुनः अपराधमा फर्किएका छन्।

राजनीतिक आन्दोलन कि अपराधको खुला ढोका ?

जेन–जी आन्दोलनले देशको राजनीतिक स्वरूपलाई हल्लायो, तर त्यससँगै कानूनी र सुरक्षात्मक संरचनालाई पनि भत्कायो। आन्दोलनको दुस्साहसिक क्षणमा भत्किएका कारागारका पर्खालहरू अहिले न्याय र सुरक्षामाथि प्रश्न बनेका छन्।

“जेलबाट निस्केका मध्ये धेरैले नयाँ जीवन सुरु गर्छन् भन्ने हाम्रो कल्पना थियो,” प्रहरी स्रोत भन्छ, “तर कतिपयले पुरानै अपराधी पहिचान दोहोर्याएका छन्।”

बालाजु, ठमेल, पनौती यी स्थानहरू अहिले केवल घटनास्थल होइनन्, समाजमा फैलँदो त्रासका प्रतीक बनेका छन् । जेलभित्रका अपराधीहरू जब बाहिरिन्छन्, त्यो केवल एक प्रशासनिक असफलता होइन । त्यो नागरिक सुरक्षामाथिको ठूलो जोखिम हो । र प्रश्न बाँकी छ । जेन–जी आन्दोलनले ल्याएको यो ‘स्वतन्त्रता’ अन्ततः कोहीको जीवन र देशकै स्थिरता सँगै लिँदै त छैन ?

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आल...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ मा काठमाडौँमा हुने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यस...

ताप्लेजुङ केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

काठमाडौं। ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मि...

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु महिलाहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्...

बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

 झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भ...

आजको मौसम : हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएक...

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending