म्याग्दी । मोदी गाउँपालिका–२ देउपुरमा नौ वर्षअघि सुरु गरिएको चिस्यानगृह (कोल्ड स्टोर) अझै अधुरै छ। आर्थिक वर्ष २०७३/७४ मा पाँच करोड रुपैयाँ लागत अनुमानसहित सुरु गरिएको निर्माणकार्य अपूरै रहँदा किसान निराश बनेका छन्।
बेमौसमी फलफूल र सागसब्जी ताजा राख्ने उद्देश्यले निर्माण सुरु गरिएको चिस्यानगृह सरकारबाट आवश्यक बजेट नआएपछि अलपत्र परेको हो। स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा सुरु गरिएको भवन अहिले एक तला बनाएर छोडिएको छ। लामो समयदेखि निर्माण रोकिएपछि भवन जीर्ण बन्दै गएको छ।
हमाल दम्पतीले गाउँको विकासका लागि सात आना एक दाम जग्गा रु १३ लाख ५० हजारमा बिक्री गर्न तमसुक गरेका थिए। प्रारम्भिक वर्षमा रु ५० लाख विनियोजन हुने सहमति भए पनि २४ लाख मात्र निकासा भएपछि काम अगाडि बढ्न सकेन।
चिस्यानगृह निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार योजनाअनुसार ५० टन क्षमताको दुई तले भवन एक वर्षमै सम्पन्न गर्ने लक्ष्य थियो। “इस्टिमेटअनुसार रकम नआएपछि निर्माण रोकियो,” तिमिल्सिनाले बताए। “बजेट क्रमिक रूपमा आउने भनिए पनि त्यसपछिका वर्षमा रकम आएन।”
देउपुरका तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले गाउँपालिका, प्रदेश र संघीय सरकारले पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताए। उनले वडाबाट जग्गा व्यवस्थापनका लागि १५ लाख रुपैयाँ विनियोजन गरे पनि आवश्यक सहमति नजुटेकाले काम अघि बढ्न नसकेको बताए।
मोदी गाउँपालिका–२ सुन्तला उत्पादनका लागि परिचित पकेट क्षेत्र हो। यहाँ बर्सेनि चार करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ। क्याङ र लेस्पार क्षेत्र आलु र सागसब्जी उत्पादनका लागि पनि उर्बर मानिन्छ। तर, चिस्यानगृह अधुरै रहँदा किसानले उत्पादन सिधै बजारमा पुर्याउन नसकी घाटा व्यहोर्नु परेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: