Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नौ वर्षमा पनि बनेन चिस्यानगृह

सांकेतिक तस्विर
खबरडबली संवाददाता

म्याग्दी । मोदी गाउँपालिका–२ देउपुरमा नौ वर्षअघि सुरु गरिएको चिस्यानगृह (कोल्ड स्टोर) अझै अधुरै छ। आर्थिक वर्ष २०७३/७४ मा पाँच करोड रुपैयाँ लागत अनुमानसहित सुरु गरिएको निर्माणकार्य अपूरै रहँदा किसान निराश बनेका छन्।

बेमौसमी फलफूल र सागसब्जी ताजा राख्ने उद्देश्यले निर्माण सुरु गरिएको चिस्यानगृह सरकारबाट आवश्यक बजेट नआएपछि अलपत्र परेको हो। स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा सुरु गरिएको भवन अहिले एक तला बनाएर छोडिएको छ। लामो समयदेखि निर्माण रोकिएपछि भवन जीर्ण बन्दै गएको छ।

हमाल दम्पतीले गाउँको विकासका लागि सात आना एक दाम जग्गा रु १३ लाख ५० हजारमा बिक्री गर्न तमसुक गरेका थिए। प्रारम्भिक वर्षमा रु ५० लाख विनियोजन हुने सहमति भए पनि २४ लाख मात्र निकासा भएपछि काम अगाडि बढ्न सकेन।

चिस्यानगृह निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार योजनाअनुसार ५० टन क्षमताको दुई तले भवन एक वर्षमै सम्पन्न गर्ने लक्ष्य थियो। “इस्टिमेटअनुसार रकम नआएपछि निर्माण रोकियो,” तिमिल्सिनाले बताए। “बजेट क्रमिक रूपमा आउने भनिए पनि त्यसपछिका वर्षमा रकम आएन।”

देउपुरका तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले गाउँपालिका, प्रदेश र संघीय सरकारले पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताए। उनले वडाबाट जग्गा व्यवस्थापनका लागि १५ लाख रुपैयाँ विनियोजन गरे पनि आवश्यक सहमति नजुटेकाले काम अघि बढ्न नसकेको बताए।

मोदी गाउँपालिका–२ सुन्तला उत्पादनका लागि परिचित पकेट क्षेत्र हो। यहाँ बर्सेनि चार करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ। क्याङ र लेस्पार क्षेत्र आलु र सागसब्जी उत्पादनका लागि पनि उर्बर मानिन्छ। तर, चिस्यानगृह अधुरै रहँदा किसानले उत्पादन सिधै बजारमा पुर्याउन नसकी घाटा व्यहोर्नु परेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending