सर्लाही । सर्लाहीमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बागमती नगरपालिका – ६ राधाकृष्ण मन्दिर नजिक बाँसघारीबाट प्रहरीले एक युवकलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले गत मंगलबार साँझ स्थानीय २८ वर्षीय जीवन घिसिङलाई शंकास्पद अवस्थामा बसिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट विभिन्न प्रतिबन्धित लागू औषधहरू फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट ट्रामन–५० लेखिएको २१४ क्याप्सुल, स्पास्मोम लेखिएको २०० क्याप्सुल, करिब २५ ग्राम गाँजा, नेपाली नगद रुपैयाँ २,५३०, सिम कार्ड नम्बर ९७०४०३३५८२ सहितको मोबाइल फोन १ थान, र बा।प्र। ०२ – ०३० प ५५७० नम्बरको एनएस मोटरसाइकल १ थान बरामद गरेको छ।
पक्राउ परेका घिसिङलाई इलाका प्रहरी कार्यालय बरहथवमा राखिएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार उनलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...
श्रावण २३ गते, २०८३ - २१:३९
अध्यक्षले कार्यभारसमेत दिएनन्
श्रावण २३ गते, २०८३ - २१:३२
दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क
श्रावण २३ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्र...
श्रावण २३ गते, २०८३ - २१:०७
कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...
श्रावण २३ गते, २०८३ - २१:०१
काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...
श्रावण २३ गते, २०८३ - २०:५७
काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...



प्रतिकृया लेख्नुहोस्: