Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

केपी ओली र लेखकविरुद्ध प्रहरीले जाहेरी लिने, कार्की नेतृत्वको आयोगलाई जिम्मा लगाउने

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध आएको जाहेरी प्रहरीले लिने भएको छ । सोमबार सुधन गुरुङसहित पुगेर दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले सोमबार मध्यराति भएको सुरक्षा प्रमुखहरूको छलफलपछि जेन-जी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी लिने भएको हो ।

‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले समेत छानबिन गरिरहेकाले तत्काल जाहेरी दर्ता गरेर अनुसन्धान अघि नबढाउने भन्ने भयो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘यद्यपि जाहेरी प्रहरीले लिएर कार्की नेतृत्वको आयोगलाई जिम्मा लगाउने भन्ने निर्णयमा पुगेका छौं ।’

जेन-जीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । त्यसक्रममा सुरक्षा प्रमुखहरूले तत्कालै जाहेरी दर्ता र पक्राउ गर्ने बाटोमा जानु नहुने मत राखेका थिए । ‘जाहेरी आउँदैपिच्छे दर्ता गर्दै जाने हो भने भोलि काठमाडौंका मेयर बालेन शाहविरुद्ध पनि जाहेरी आउला । त्यस्तो अवस्थामा के गर्ने ?,’ एक सुरक्षा प्रमुखले बैठकमा भनेका थिए, ‘विगतमा उहाँले सिंहदरबार जलाउने भन्दै स्ट्याटस लेखेकाले त्यही उद्धृत गर्दै जाहेरी आए त्यो पनि दर्ता गर्नुपर्ने अवस्था आउनसक्छ ।’

परिस्थिति जटिल रहेको भन्दै संयमतापूर्वक अघि बढ्नुपर्ने सुझाव दिएको थियो । पछि प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले ‘कानुनी फ्रेमवर्कभित्रै रहेर निर्णय लिइने’ बताएको स्रोतको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कप: सन्दीपको सात विकेटसँगै बागमतीको सानदार जित

काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सा...

सर्वोच्च अदालतद्वारा केसी र अर्यालविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेकपा एमालेकी पद्मा अर्याल विरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। ...

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा बादल एक्लो...

कम्बोडियाबाट एक महिनामा १२७ नेपालीको उद्धार

काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडिया बाट १२७ जना नेपालीको उद्धार गरिएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनी का अनुसार उ...

बादल एमाले संसदीय दलको नेतामा निर्विरोध चयन हुँदै, नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन सकेनन्

काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध रूपमा चयन हुने भएका छन्। संसदीय दलको नेताका लागि उपाध्यक्ष बादल र सुहाङ न...

नेप्से परिसूचकमा ७४ अङ्कको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरा...

कांग्रेसले अनुशासन उल्लंघन गर्ने व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण माग्ने

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ बुझाउन निर्देशन दिएको छ। मंगलबार पार्टी केन्द्री...

एमाले संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचन...

रवि लामिछाने तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा पर्सा जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन्। आ...

प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending