पश्चिम नवलपरासी। जिल्ला कारागार पश्चिम नवलपरासीबाट भागेका दुईसय ६० जना कैदीबन्दी अझै पनि कारागार फर्किएका छैनन् । हालसम्म ३५ जना महिलासहित २ सय ८६ जना कैदीबन्दी कारागार फर्किएका छन् । ४० जना महिलासहित दुईसय ६० जना कैदीबन्दी अझै कारागार बाहिर छन् ।
कारागारबाट भागेको तीन हप्ता बितिसक्दा समेत झन्डै आधा कैदीबन्दी कारागारमा नफर्किएपछि सुरक्षा निकायले कैदीबन्दी खोजीकार्य भइरहेको जानकारी दिएका छन् । स्थानीय सर्वसाधारणले चाडपर्वको बेला चोरी डकैतीका घटनामा समेत वृद्धि भएको भन्दै कारागारबाट भागेको एक महिनासम्म पनि भागेकामध्ये आधा सङ्ख्याका कैदीबन्दी कारागार बाहिरै हुनुले सुरक्षा चिन्ता बढाएको गुनासो गरेका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते कारागारमा रहेका ५ सय ७६ जना कैदीबन्दीमध्ये ५ सय ४६ जना भागेका थिए । कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मीलाई छलफलका लागि भन्दै कारागारभित्र बोलाएर कैदीबन्दीहरूले आफूहरू रिहा हुन पाउनुपर्ने सर्त राखेका थिए । कारागारभित्र आगजनी गरेर प्रदर्शन गरेपछि सुरक्षा निकायले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो ।
३० जना सजाय भुक्तान गरेर मात्र कारागारबाट बाहिरिने भन्दै कारागारमै बसेका थिए । कारागारमा ८७ महिला र ४८८ पुरुष गरी कुल ५७६ कैदीबन्दी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: