पश्चिम नवलपरासी। जिल्ला कारागार पश्चिम नवलपरासीबाट भागेका दुईसय ६० जना कैदीबन्दी अझै पनि कारागार फर्किएका छैनन् । हालसम्म ३५ जना महिलासहित २ सय ८६ जना कैदीबन्दी कारागार फर्किएका छन् । ४० जना महिलासहित दुईसय ६० जना कैदीबन्दी अझै कारागार बाहिर छन् ।
कारागारबाट भागेको तीन हप्ता बितिसक्दा समेत झन्डै आधा कैदीबन्दी कारागारमा नफर्किएपछि सुरक्षा निकायले कैदीबन्दी खोजीकार्य भइरहेको जानकारी दिएका छन् । स्थानीय सर्वसाधारणले चाडपर्वको बेला चोरी डकैतीका घटनामा समेत वृद्धि भएको भन्दै कारागारबाट भागेको एक महिनासम्म पनि भागेकामध्ये आधा सङ्ख्याका कैदीबन्दी कारागार बाहिरै हुनुले सुरक्षा चिन्ता बढाएको गुनासो गरेका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते कारागारमा रहेका ५ सय ७६ जना कैदीबन्दीमध्ये ५ सय ४६ जना भागेका थिए । कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मीलाई छलफलका लागि भन्दै कारागारभित्र बोलाएर कैदीबन्दीहरूले आफूहरू रिहा हुन पाउनुपर्ने सर्त राखेका थिए । कारागारभित्र आगजनी गरेर प्रदर्शन गरेपछि सुरक्षा निकायले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो ।
३० जना सजाय भुक्तान गरेर मात्र कारागारबाट बाहिरिने भन्दै कारागारमै बसेका थिए । कारागारमा ८७ महिला र ४८८ पुरुष गरी कुल ५७६ कैदीबन्दी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...
मंसिर २१ गते, २०८२ - १४:१९
मियामी। यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् । अमेरिकी पक्षले दुवै पक्षको सहमति अनुसार वा...
मंसिर २१ गते, २०८२ - १३:२५
सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...
मंसिर २१ गते, २०८२ - १३:१३
बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...
मंसिर २१ गते, २०८२ - १३:०४
काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...
मंसिर २१ गते, २०८२ - १२:५३
ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएको छन् । ललितपुर मह...
मंसिर २१ गते, २०८२ - १२:३५
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ । विद्यु...




प्रतिकृया लेख्नुहोस्: