Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

एमालेको सचिवालय बैठक बस्दै, ओलीलाई नेतृत्व छाड्न दबाब

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज भक्तपुरको गुन्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ।

यो बैठक जेन–जी आन्दोलनपछि पहिलो पटक बस्न लागेको हो, र उक्त आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नहरूको गम्भीर समीक्षा गरिने तयारी छ।

जेन–जी आन्दोलनको क्रममा भएको ७४ जनाको मृत्यु र दुई हजारभन्दा बढी नागरिक घाइते भएको घटनापछि एमालेभित्र नेतृत्वको भूमिका र जिम्मेवारीबारे चर्को बहस भइरहेको छ। यद्यपि ओलीले आफूले आन्दोलनमा कुनै षड्यन्त्र नगरेको दाबी गर्दै मानवीय क्षतिको जिम्मेवारी लिन अस्वीकार गर्दै आएका छन्। उनले आन्दोलनमा घुसपैठ भएको र गोली चलाउने आदेश सरकारबाट नभएको दाबी गर्दै आएका छन्।

पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, साथै सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेताहरूले आन्दोलनपछि उत्पन्न परिस्थितिमा पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने माग राख्दै आएका छन्।

उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा गरी आवश्यक निर्णयहरू लिइने बताएका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि बैठकमा पछिल्लो अवस्था मूल्याङ्कन गरिनुका साथै पार्टीका आगामी कार्यक्रमहरू तय गरिने जानकारी दिएका छन्।

जेन–जी आन्दोलनपछिको सन्नाटा तोड्दै ओलीले सेनाको ब्यारेकबाट गुन्डु सरेपछि नेताहरूसँग राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। शनिबार गुन्डुमा आयोजित सार्वजनिक कार्यक्रममा उनले आन्दोलनमा क्षति रोक्न आफूले निर्देशन दिएको भए पनि अवस्था नियन्त्रणबाहिर गएको बताए।

ओलीले आफू विदेश नभाग्ने स्पष्ट गर्दै अन्तरिम सरकारलाई देशको जिम्मा लगाउने कुरा अस्वीकार गरे। उनले सरकार संवैधानिक बाटोबाट नबनेको आरोप लगाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सुझावमा नागरिक सरकार गठनतर्फ कदम चालेको दाबी गरे।

ओलीले आफूलाई आक्रमणको धम्की आए पनि सरकारबाट सुरक्षा नपाएको गुनासोसमेत गरेका छन्।

यसैबीच, सचिवालयमा रहेका नेताहरूले पार्टीभित्रको असमझदारी समाधान गर्न बैठक बोलाएर आवश्यक निर्णय लिनु पर्ने सुझाव दिँदै आएका छन्। बैठकमा यी सबै विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending