Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

चाडपर्वका सुरक्षा सङ्कट र अवैध चोरीपैठारीबारे सूचना दिन सशस्त्रको अपिल

खबरडबली संवाददाता

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्र तथा चाडपर्वका सुरक्षा सङ्कट र सामानको अवैध चोरीपैठारी भइरहेको जानकारी पाइएमा आवश्यक सूचना दिन नागरिकमा अपिल गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले ‘देश रहे हामी रहन्छौँ’ भन्ने यथार्थलाई मनन गरी राजस्व चुहावट नियन्त्रणलाई राष्ट्र भावसँग जोडेर हेर्नुपर्ने बताउँदै भन्सार शुल्क तिरेर मात्र अन्तर्राष्ट्रिय सीमाबाट सामान ओसारपसार गर्ने बानी बसाल्न तथा अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न वा भए–गरेको पाइएमा सूचना दिई सहयोग गर्न अनुरोध गरे ।

सशस्त्र प्रहरीले त्यस्ता गतिविधि पाइएमा सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४, केन्द्रीय प्रवक्ताको नम्बर ९८५१२७२००७, सीमा हटलाइन नम्बर ९८५१२६०७३० र केन्द्रीय अनुगमन नम्बर ९८५१२६१२०० मा सम्पर्क गरेर जानकारी दिन सबैमा अनुरोध गरेको छ ।

“समाजको सुरक्षा सङ्कट सम्बन्धमा जानकारी गराउन, विपद् सम्बन्धमा आवश्यक जानकारी लिन उद्धारका लागि सूचना दिन तथा विशेषतः राजस्व चुहावट नियन्त्रण सम्बन्धमा आवश्यक सूचना दिन नजिकको सशस्त्र प्रहरी बल, नेपालको एकाइ वा तलको नम्बरमा असल नियतले सम्पर्क गरी सहयोग गरी दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ । साथै सीमा अपराधलगायत राजस्व छलीमा सशस्त्र प्रहरी बलका कुनै कर्मचारी संलग्न भएको पाइएमा समेत उल्लेखित नम्बरमा सूचना दिई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ”, सशस्त्र प्रहरीद्वारा जारी सूचनामा भनिएकाे छ । 

आगामी चाडपर्व सम्पूर्ण नेपालीहरूले भाइचारा तथा राष्ट्रिय एकताको भावनामा वृद्धि एवं सिङ्गो देशमा शान्ति सुव्यवस्थाको कामना गर्दै सामाजिक मेलमिलापसहित पर्व मनाउने विश्वास व्यक्त गर्दै उनले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रणमा सहयोग, विपद् उद्धार व्यवस्थापनलगायत नेपाल सरकारले समयसापेक्ष दिएको जिम्मेवारीलाई प्रभावकारी ढङ्गले निर्वाह गर्न सशस्त्र प्रहरी बल, नेपाल तपाईँहरूमाझ अहोरात्र परिचालन भइरहेको पनि उनले जानकारी दिए ।

विपद् उद्धारमा सशस्त्र प्रहरी बल हरेकपल आमजनसमुदायसँगै रहेको सन्दर्भमा विगतमा सेती नदीको गहिरो खोचदेखि गोक्यो हिमतालको चिसोसम्मका उद्धारको घटना स्मरण गर्दै मनसुनको समय नसकिएको र देशको विविध भागमा आएको बाढीपहिरोका कारण लोकमार्गहरू अवरुद्ध रहेकाले यात्रा गर्ने रुटको पर्याप्त जानकारी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

चाडपर्व अवधिभर सीमा सुरक्षा विभाग प्रमुखलगायत सबै बाहिनी तथा सीमा इलाकामा परिचालित सबै युनिट प्रमुखहरू राजस्व चुहावट नियन्त्रणमा सक्रिय रूपमा खटिएका जानकारी दिँदै प्रवक्ता धौवजीले आयातमुखी राजस्वमा निर्भर रहेको देशको अर्थतन्त्रलाई बलियो बनाउन राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी रहेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending