काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्र तथा चाडपर्वका सुरक्षा सङ्कट र सामानको अवैध चोरीपैठारी भइरहेको जानकारी पाइएमा आवश्यक सूचना दिन नागरिकमा अपिल गरेको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले ‘देश रहे हामी रहन्छौँ’ भन्ने यथार्थलाई मनन गरी राजस्व चुहावट नियन्त्रणलाई राष्ट्र भावसँग जोडेर हेर्नुपर्ने बताउँदै भन्सार शुल्क तिरेर मात्र अन्तर्राष्ट्रिय सीमाबाट सामान ओसारपसार गर्ने बानी बसाल्न तथा अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न वा भए–गरेको पाइएमा सूचना दिई सहयोग गर्न अनुरोध गरे ।
सशस्त्र प्रहरीले त्यस्ता गतिविधि पाइएमा सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४, केन्द्रीय प्रवक्ताको नम्बर ९८५१२७२००७, सीमा हटलाइन नम्बर ९८५१२६०७३० र केन्द्रीय अनुगमन नम्बर ९८५१२६१२०० मा सम्पर्क गरेर जानकारी दिन सबैमा अनुरोध गरेको छ ।
“समाजको सुरक्षा सङ्कट सम्बन्धमा जानकारी गराउन, विपद् सम्बन्धमा आवश्यक जानकारी लिन उद्धारका लागि सूचना दिन तथा विशेषतः राजस्व चुहावट नियन्त्रण सम्बन्धमा आवश्यक सूचना दिन नजिकको सशस्त्र प्रहरी बल, नेपालको एकाइ वा तलको नम्बरमा असल नियतले सम्पर्क गरी सहयोग गरी दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ । साथै सीमा अपराधलगायत राजस्व छलीमा सशस्त्र प्रहरी बलका कुनै कर्मचारी संलग्न भएको पाइएमा समेत उल्लेखित नम्बरमा सूचना दिई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ”, सशस्त्र प्रहरीद्वारा जारी सूचनामा भनिएकाे छ ।
आगामी चाडपर्व सम्पूर्ण नेपालीहरूले भाइचारा तथा राष्ट्रिय एकताको भावनामा वृद्धि एवं सिङ्गो देशमा शान्ति सुव्यवस्थाको कामना गर्दै सामाजिक मेलमिलापसहित पर्व मनाउने विश्वास व्यक्त गर्दै उनले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रणमा सहयोग, विपद् उद्धार व्यवस्थापनलगायत नेपाल सरकारले समयसापेक्ष दिएको जिम्मेवारीलाई प्रभावकारी ढङ्गले निर्वाह गर्न सशस्त्र प्रहरी बल, नेपाल तपाईँहरूमाझ अहोरात्र परिचालन भइरहेको पनि उनले जानकारी दिए ।
विपद् उद्धारमा सशस्त्र प्रहरी बल हरेकपल आमजनसमुदायसँगै रहेको सन्दर्भमा विगतमा सेती नदीको गहिरो खोचदेखि गोक्यो हिमतालको चिसोसम्मका उद्धारको घटना स्मरण गर्दै मनसुनको समय नसकिएको र देशको विविध भागमा आएको बाढीपहिरोका कारण लोकमार्गहरू अवरुद्ध रहेकाले यात्रा गर्ने रुटको पर्याप्त जानकारी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि अनुरोध गरिएको छ ।
चाडपर्व अवधिभर सीमा सुरक्षा विभाग प्रमुखलगायत सबै बाहिनी तथा सीमा इलाकामा परिचालित सबै युनिट प्रमुखहरू राजस्व चुहावट नियन्त्रणमा सक्रिय रूपमा खटिएका जानकारी दिँदै प्रवक्ता धौवजीले आयातमुखी राजस्वमा निर्भर रहेको देशको अर्थतन्त्रलाई बलियो बनाउन राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: