Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

शेरबहादुरजी र आरजुजीलाई अमानवीय व्यवहार गर्ने जेनजी पुस्ता हैन: ओली

खबरडबली संवाददाता

भक्तपुर। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलाएर मुलुकलाई गतिहीन बनाउने प्रयास भइरहेको बताएको छन् । मुलुकलाई गन्तव्यहीन बाटोमा लैजान खोज्नेहरुप्रति सचेत रहन उनले आग्रह गरेको छन् । 

प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँग भक्तपुर गुन्डुस्थित निवासमा अध्यक्ष ओलीले छलफल गदैै सो कुरा बताभएको हो । ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो ? यसलाई आम पार्टी पङ्ति लोकतान्त्रिक शक्तिले खबरदारी गर्न म अपील गर्छु।’

राजनीतिक दलको झण्डा देश बचाउनका लागि उठाइने भएकाले दलबिहीन अवस्थाले मुलुकलाई हित नगर्ने भन्दै उनले थपे, ‘विवेक शून्य, क्षतिग्रस्त दिमाग, क्षतिग्रस्त लक्ष्यले अराजकताको पैरवी गर्दछ ।’ लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैलाएर अर्को कुन व्यवस्था र तन्त्र ल्याउन खोजिएको हो ? उनले प्रश्न गरे। 

सरकारी संरचनामा आगजनी गर्ने काम जेनजी पुस्ताबाट नभएको अध्यक्ष ओलीको भनाइ छ । ‘जेनजीका माग ठिक छन् । भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शीताको मागमा कसैको बिमति होइन’ अध्यक्ष ओलीले भने  ‘जेनजी पुस्ताले नेपालको राष्ट्रिय झण्डा ओडेर सिंहदरबारमा आगो लगाउन सक्दैन । नेपाली कांग्रेसका सभापति शेरबहादुरजी र आरजुजीलाई त्यस्तो अमानवीय व्यवहार जेनजी पुस्ताले गर्न सक्दै सक्दैन । जेनजी पुस्तालाई देशको माया छ, उ सँग विवेक छ ।’

प्रतिशोधको भावले सामाजिक सदभाव भडकाउने गरी अभिव्यक्ति दिएर सामाजिक मूल्य, मान्यता समाप्त पार्न खोजिएको अध्यक्ष ओलीले बताए। सांस्कृतिक धरोहरहरुलाई पूर्णरुपमा ध्वस्त बनाउनु सांस्कृतिक बिचलन भएको उहाँले बताए। 

मुलुकले यति ठूलो क्षति कहिल्यै बेहोर्नु नपरेको चर्चा गर्दै उनले भने– ‘यो क्षतिले समाज र देश विकासमा चौथाई शताब्दी पछाडी ढकेलिदिएको छ । अब खरानीबाट उठ्नु पर्ने अवस्था छ । आउने पुस्ता सुख, समृद्धिमा बाँच्न पाउनुपर्छ भन्ने हो । तर जुन ढंगले अघि बढ्न खोजिएको छ । यसबाट समृद्धिको गन्तव्यमा नयाँ पुस्तालाई पुग्न दिँदैन ।’

दलहरु मुलुकप्रति जिम्मेवार रहेकाले दलभित्रै व्यवस्थापन र समाधान खोजिने उनले बताए। प्रेस तथा वाक स्वतन्त्रता हिजोको दिनमा पनि लडेरै लिएकाले सत्यतामा अडिग रहेको समाचार, विचार संप्रेषण गर्न पत्रकारहरुलाई अध्यक्ष ओलीले आग्रह गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्...

महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले गर्याे अस्वीकार

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै दर्ता गरिएको तामेली मुद...

ओलीलाई रिहा गर्न अदालतको अस्वीकार, कारण देखाऊ आदेश जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाध...

छात्रावृत्ति रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रावृत्ति...

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ

काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उ...

अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न प्रधानमन्त्रीसँग एमाले सांसदहरुको माग

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग ग...

ज्यान मार्ने धम्की दिनेमाथी हर्क साम्पाङले दिए प्रहरी साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पा...

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठक बालेन शाह नेतृत्वमा बसेको दोस्रो ब...

ओलीको स्वास्थ्य अवस्था बुझ्न महाराजगञ्ज पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...

अर्थ मन्त्रालयले एकैपटक गर्याे ३० उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending