Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कास्की कारागारमा फर्किए चार सय कैदीबन्दी, तीन सय ६९ फरार

खबरडबली संवाददाता

लेखनाथ। जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट निस्किएका ४७ प्रतिशत कैदीबन्दी अझै फर्किएका छैनन्। भदौ २४ गते साँझ कारागार खाली गरी बाहिरिएकामध्ये मङ्गलबारसम्म चार सय चार कैदी, बन्दी फर्किएका छन्।

सात सय ७३ कैदीबन्दी रहेकोमा अझै तीन सय ६९ जना फरार छन्। कास्की कारागारबाट फरार भएका केही कैदी, बन्दी राजधानी र आसपासका जिल्लाबाट पक्राउसमेत परेका थिए। कारागार प्रमुख राजेन्द्र शर्माले धेरैजसो कैदीबन्दी आफैं फर्किएको र फर्किने क्रम जारी रहेको जानकारी दिए। 

“धेरैजसो आफैँ फर्किनुभएको छ, बाँकीलाई फर्किन कारागार व्यवस्था विभागले अनुरोध गरिसकेको हो,” उनले भने। कास्की कारागारमा महिलाका लागि एउटा र पुरुषका लागि दुई वटा ब्लक छन्। महिलाको ब्लकमा ३५ जना, पुरुषको ब्लकमा सात सय ३८ कैदीबन्दी बस्दै आएका थिए। 

सम्पर्कमा नआएका कैदी, बन्दीको सूचना प्रहरीलाई दिएर जेल फर्काउने क्रम सुरु भएको शर्माको भनाइ छ। पोखरा–१९, ग्यारजातीमा रहेको बाल सुधार गृहमा रहेका बालक  पनि फर्कनेक्रम जारी छ। त्यहाँ रहेको एक सय नौ बालकमध्ये मङ्गलबारसम्म ४८ जना फर्किएका छन्। सुधार गृह प्रमुख डासी पौडेलले आन्दोलनकारीले तोडफोड गर्न निस्किएका बालक अभिभावकहाँ पुगेर र सुधार गृह फर्किने क्रम जारी रहेको उल्लेख गरे। 

भदौ २४ गतेको आन्दोलनका क्रममा कास्कीका २७ प्रहरी संरचनामा क्ष्ति पुगेको थियो। त्यस क्रममा प्रहरी हिरासतसमेत खाली बनाई थुनुवा भागेका थिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE