Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

विद्यालय पुग्न दुई घण्टा पैदल यात्रा

खबरडबली संवाददाता

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन् । यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धबैजाथ विद्यालय पुग्ने गरेका छन् । 

ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरिता बोहरा वर्षात्को समयमा विद्यालय आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको बताउछिन् । 

“गाउँमा कक्षा ८ सम्मको मात्रै विद्याललय छ त्यसपछि हामीले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव पुग्नुपर्छ”, उनले भनिन्, “वर्षात्को समयमा विद्यालय जान पाउँदैनौँ, बाढीपहिराले सडक बन्द हुन्छ ।” विद्यालय टाढा भएकै कारण आफ्ना धेरै साथीहरु विद्यालय छाड्न बाध्य भएको बोहराले बताइन् । 

उनले  भननिन्, “एक्लै आवतजावत गर्न सकिँदैन । धेरैपटक त बाटोमा खोला तर्न नसकेर घर फर्केका छौँ ।” 

महाकाली नदी किनार जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले यहाँका विद्यार्थी समूह बनाएर विद्यालय आउने जाने गर्छन् । उक्त बस्तीदेखि विद्यालयसम्म पुग्न १३ खोला तर्नुपर्छ । हिउँदमा अटोरिक्सा र मोटरसाइकल चले पनि बर्खाको समयमा बाढीपहिराले पूर्ण रूपमा सडक बन्द हुँदा यहाँका विद्यार्थी पढ्नबाट वञ्चित हुने गरेका छन् ।

सिद्धनाथ मावि ब्रह्मदेवमा १० कक्षामा अध्ययनरत सपना ठकुल्लाले विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको सुनाइन् । “आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय आवतजावत गर्नुपर्छ, घरमा पढाइ गर्न बिजुली बत्ती छैन”, उनले भनिन्, “मसँगैका तीन  साथी पढ्न छाडेर मजदुरी गर्न भारत गइसकेका छन् ।” जङ्गलको बाटो बर्खाका बेला पहिरो र चट्याङको समेत डर रहन्छ ।

भौगोलिक रूपले विकट मानिएको यहाँको बस्ती सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा विद्यार्थी आठ किलोमिरट टाढा पैदल विद्यालय जान बाध्य छन् । “चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भए पनि अध्ययनका लागि यहाँका बालबालिका हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि पुग्ने गरेका छन्”, टुँडिखेलका लोकबहादुर थापामगरले भने, “बाटोकै समस्याले धेरैले विद्यालय छाडेका छन् ।” 

मौसमको अवस्था हेरेर विद्यालय जानुपर्ने बाध्यता छ । “मेरो नातिनि पनि कक्षा ९ मा पढ्छिन्, यहाँ विद्यालय जान धेरै समस्या भएकाले मैले लम्कीमा बस्ने भाइको घरमा अध्ययनका लागि पठाएको छु”, उनले भनिन्, “यहाँबाट ४०–५० विद्यार्थी हिँडेरै ब्रह्मदेव जान्छन, यहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ ।” 

टाढाको विद्यालय जान यहाँका विद्यार्थीले दुःख झेल्नुपर्ने भएकाले गाउँमै माध्यमीक तहको पढाइ हुनुपर्ने स्थानीयको माग छ । यहाँ रहेको सरस्वती मावि टुँडिखेलमा कक्षा ४ सम्म पढाइ हुने गरेको छ भने बैजनाथ मावि टुँडिखेलमा ६ कक्षासम्म पढाइ हुन्छ । भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाइ हुने गरेको छ ।

गाउँमा आर्थिक रूपले विपन्न नागरिकको बसोबास भएकाले पनि थुप्रै विद्यार्थीले पढाइ छाडेर भारत जानुपरेको हो । खल्ला मसेट्टी र टुँडिखेलमा गरी करिब पाँच सय परिवारको बसोबास छ । यहाँका बासिन्दाले महाकाली नदीको बगरमा बालुवा र गिट्टी छानेर आय आर्जन गर्छन् । यहाँका अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending