Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विद्यालय पुग्न दुई घण्टा पैदल यात्रा

खबरडबली संवाददाता

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन् । यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धबैजाथ विद्यालय पुग्ने गरेका छन् । 

ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरिता बोहरा वर्षात्को समयमा विद्यालय आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको बताउछिन् । 

“गाउँमा कक्षा ८ सम्मको मात्रै विद्याललय छ त्यसपछि हामीले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव पुग्नुपर्छ”, उनले भनिन्, “वर्षात्को समयमा विद्यालय जान पाउँदैनौँ, बाढीपहिराले सडक बन्द हुन्छ ।” विद्यालय टाढा भएकै कारण आफ्ना धेरै साथीहरु विद्यालय छाड्न बाध्य भएको बोहराले बताइन् । 

उनले  भननिन्, “एक्लै आवतजावत गर्न सकिँदैन । धेरैपटक त बाटोमा खोला तर्न नसकेर घर फर्केका छौँ ।” 

महाकाली नदी किनार जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले यहाँका विद्यार्थी समूह बनाएर विद्यालय आउने जाने गर्छन् । उक्त बस्तीदेखि विद्यालयसम्म पुग्न १३ खोला तर्नुपर्छ । हिउँदमा अटोरिक्सा र मोटरसाइकल चले पनि बर्खाको समयमा बाढीपहिराले पूर्ण रूपमा सडक बन्द हुँदा यहाँका विद्यार्थी पढ्नबाट वञ्चित हुने गरेका छन् ।

सिद्धनाथ मावि ब्रह्मदेवमा १० कक्षामा अध्ययनरत सपना ठकुल्लाले विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको सुनाइन् । “आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय आवतजावत गर्नुपर्छ, घरमा पढाइ गर्न बिजुली बत्ती छैन”, उनले भनिन्, “मसँगैका तीन  साथी पढ्न छाडेर मजदुरी गर्न भारत गइसकेका छन् ।” जङ्गलको बाटो बर्खाका बेला पहिरो र चट्याङको समेत डर रहन्छ ।

भौगोलिक रूपले विकट मानिएको यहाँको बस्ती सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा विद्यार्थी आठ किलोमिरट टाढा पैदल विद्यालय जान बाध्य छन् । “चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भए पनि अध्ययनका लागि यहाँका बालबालिका हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि पुग्ने गरेका छन्”, टुँडिखेलका लोकबहादुर थापामगरले भने, “बाटोकै समस्याले धेरैले विद्यालय छाडेका छन् ।” 

मौसमको अवस्था हेरेर विद्यालय जानुपर्ने बाध्यता छ । “मेरो नातिनि पनि कक्षा ९ मा पढ्छिन्, यहाँ विद्यालय जान धेरै समस्या भएकाले मैले लम्कीमा बस्ने भाइको घरमा अध्ययनका लागि पठाएको छु”, उनले भनिन्, “यहाँबाट ४०–५० विद्यार्थी हिँडेरै ब्रह्मदेव जान्छन, यहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ ।” 

टाढाको विद्यालय जान यहाँका विद्यार्थीले दुःख झेल्नुपर्ने भएकाले गाउँमै माध्यमीक तहको पढाइ हुनुपर्ने स्थानीयको माग छ । यहाँ रहेको सरस्वती मावि टुँडिखेलमा कक्षा ४ सम्म पढाइ हुने गरेको छ भने बैजनाथ मावि टुँडिखेलमा ६ कक्षासम्म पढाइ हुन्छ । भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाइ हुने गरेको छ ।

गाउँमा आर्थिक रूपले विपन्न नागरिकको बसोबास भएकाले पनि थुप्रै विद्यार्थीले पढाइ छाडेर भारत जानुपरेको हो । खल्ला मसेट्टी र टुँडिखेलमा गरी करिब पाँच सय परिवारको बसोबास छ । यहाँका बासिन्दाले महाकाली नदीको बगरमा बालुवा र गिट्टी छानेर आय आर्जन गर्छन् । यहाँका अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending