काठमाडौँ । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले सोमबार पेरिसमा आयोजित विशेष समारोहमा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बेलन डी’ओर जितेका छन्।
पेरिस सेन्ट जर्मेन (पीएसजी) को ऐतिहासिक सफलताको मुख्य नायक बनेका डेम्बेलेको उत्कृष्ट प्रदर्शनकै कारण क्लबले पहिलोपटक युरोपेली च्याम्पियन्स लिग उपाधि उचालेको हो।
गत सिजनको च्याम्पियन्स लिग फाइनलमा पीएसजीले इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। यससँगै पीएसजीले फ्रान्सेली लिग र फ्रान्स कप समेत आफ्नो नाममा गर्दै सिजन ट्रेबल जितेको हो।
डेम्बेले बेलन डी’ओर जित्ने छैटौं फ्रान्सेली खेलाडी बनेका छन्। २८ वर्षीय डेम्बेले यसअघि बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबाट पनि खेलेका थिए। उनी सन् २०१८ को विश्वकप विजेता फ्रान्सेली टोलीका सदस्यसमेत थिए।
महिलातर्फ, स्पेनकी आइटाना बोनमटीले लगातार तेस्रो वर्ष बेलन डी’ओर जित्दै आफ्नो दबदबा कायम राखेकी छन्। पुरुषतर्फ डेम्बेलेपछि बार्सिलोनाका १६ वर्षीय किशोर प्रतिभा लामिन यामल दोस्रो स्थानमा रहे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: