Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

देउवालाई नेतृत्वबाट हटाउन विशेष महाधिवेशन माग्दै शेखर-गगन समूहले थाल्यो हस्ताक्षर अभियान

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न भएको परिस्थितिलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्दै महामन्त्री गगन थापा र डा. शेखर कोइराला समूहका महाधिवेशन प्रतिनिधिहरूले उक्त माग अघि सारेका हुन्।

सोमबार काठमाडौंमा बसेको बैठकपछि सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका छन् र अन्य प्रतिनिधिहरूलाई समेत अभियानमा सहभागी हुन आह्वान गरिएको छ।

हस्ताक्षरपत्रमा पार्टी नेतृत्वको निर्णय, कार्यशैली र भ्रष्ट्राचारसँग सम्बन्धित जेनजी आन्दोलनसम्म पुगेको अवस्थालाई पार्टीको विफलतासँग जोडिएको छ। प्रतिनिधिहरूले पार्टीभित्र उठेका गम्भीर प्रश्नहरूको जवाफ विशेष महाधिवेशनबाट मात्र दिन सकिने ठहर गरेका छन्।

‘विगतका गल्तीहरू स्वीकार्दै सुधारिएको भविष्यतर्फको यात्रा तय गर्न विशेष महाधिवेशनबाहेक उपयुक्त विकल्प छैन,’ हस्ताक्षरकर्ताहरूले बताएका छन्। उनीहरूले सरकार र पार्टी दुबैले आलोचनात्मक सुझावहरू बेवास्ता गरेको र नेतृत्वले असन्तुष्टि व्यक्त गर्ने कार्यकर्ताहरूप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाएका छन्।

पार्टीको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न पाउने व्यवस्था छ। नेपाली कांग्रेसमा हाल ४,७४३ जना महाधिवेशन प्रतिनिधि रहेको पार्टीले जनाएको छ।

शेखर कोइराला समूहका गुरुराज घिमिरे, देवराज चालिसेलगायत नेताहरू हस्ताक्षरकर्तामा परेका छन्।

त्यस्तै, देउवा पक्ष भने आगामी मंसिरमा गर्नुपर्ने नियमित १५औं महाधिवेशन एक वर्ष धकेल्ने तयारीमा लागेको छ। केन्द्रीय समितिमा स्पष्ट बहुमत रहेको सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन मंसिरमा सम्भव नभएको प्रस्ट संकेत गरिसकेको छ।

प्रतिनिधिहरूले पार्टीलाई संकटबाट निकाल्न विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन बोलाउन केन्द्रीय समितिमाथि नै दबाब दिने रणनीति लिएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending