काठमाडौं । जनआन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचाररत रहँदा पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनको प्रस्ताव ल्याएपछि कांग्रेसभित्र नयाँ बहस र विवाद सुरु भएको छ।
शुक्रबारको कार्यसम्पादन समिति बैठकमा थापा र शर्माले विशेष महाधिवेशन बोलाई नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर, बैठकले उक्त प्रस्ताव अस्वीकार गर्यो। उनीहरूको प्रस्तावलाई असमयिक र संकटको बेला अनुचित भन्दै संस्थापन पक्ष र वरिष्ठ नेताहरूले आलोचना गरेका छन्।
आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी, काठमाडौंमा बसेको भेटघाटमा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि तथा पूर्वसहमहामन्त्री डा। प्रकाशशरण महत सहभागी थिए।
बैठकमा सहभागी नेताहरूले पार्टी संवेदनशील अवस्थामा रहँदा एकता आवश्यक रहेको भन्दै नेतृत्व परिवर्तनको प्रस्तावलाई अस्वीकार गरे।
नेता सिटौलाले संकटका बेला पार्टीलाई विभाजित गर्ने होइन, मिलेर अघि बढ्नुपर्ने बताए। उनले भने, 'देश संकटबाट गुज्रिरहेको बेला पार्टीभित्र विवाद होइन, सहकार्य र एकता जरुरी छ। दुई महामन्त्री किन हतारिए भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।'
त्यसपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलनमार्फत महामन्त्रीद्वयको अभिव्यक्तिको प्रतिवाद गरे। 'घाइते अभिभावकको उपचार हुँदै गर्दा यस्ता प्रस्ताव ल्याउनु अनुचित हो' महतले भने, 'यो घाउमा नुन छर्ने जस्तो हो। अहिलेको आवश्यकता पार्टीभित्र आन्तरिक एकता बलियो बनाउने हो, विवाद बढाउने होइन।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ०९:१२
तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...
चैत्र १५ गते, २०८२ - ०९:०७
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्। पार...
चैत्र १५ गते, २०८२ - ०८:५१
काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...
चैत्र १५ गते, २०८२ - ०८:००
काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी क...
चैत्र १५ गते, २०८२ - ०७:५६
काठमाडौं । एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...
चैत्र १५ गते, २०८२ - ०७:५२
काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...
चैत्र १५ गते, २०८२ - ०७:४२
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...
चैत्र १५ गते, २०८२ - ०७:३७
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...
चैत्र १५ गते, २०८२ - ०७:३१
काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...
चैत्र १५ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...



प्रतिकृया लेख्नुहोस्: