Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

कार्यालय प्रमुख नै पहिरो स्थलमा, तुइनखोलाको पहिरोले दुई दिनदेखि सडक अवरुद्ध

खबरडबली संवाददाता

चितवन। मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबार साँझ छ बजेदेखि सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाएर यातायात सञ्चालनको तयारी गर्दागर्दै फेरि ठुलो पहिरो खसेर बाटो पूर्ण रूपमा भएको हो ।

पहिरो पन्छाउन नसकेपछि प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख पहिरो खसेको स्थलमा शनिबार बिहान ४ बजे नै पुगेको थिए। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, “रातभरमा पनि पहिरो पन्छाउन नसकेपछि बिहान चार बजे नै तुइनखोलामा पुग्यौँ । हामी पुगेपछि फेरि भीमकाय पहिरो खस्यो । निरन्तर पहिरो आइरह्यो, पन्छाउने समय कुर्दाकुर्दै दिनको १२ बजेपछि खाना खान घर आएँ ।”

दसैँको समयमा उपत्यकाबाट घर जान हिँडेका तथा अत्यावश्यक कामले यात्रामा रहेकाहरू शुक्रबार साँझदेखि मुग्लिङ र जलवीरे क्षेत्रमा अड्किएर बसेका छन् । रोकिएका यात्रुलाई गन्तव्यतर्फ पठाउन सुरक्षा निकायका प्रमुखसहित पहिरोस्थल गएको थिए। जेनजी समूहको आन्दोलनका व्रmममा सरकारी कार्यालय ध्वस्त भएपछि त्यसलाई समाधान गर्दै कार्यालय सञ्चालनको तयारीमा रहेका सुरक्षा निकायलाई मुग्लिङको पहिरोले थप समस्यामा पारेको छ । 

प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “ठुलो पहिरो आएको छ, छिटो पन्छाएर सुरक्षित यात्रा गराउनु हाम्रो दायित्व छ ।” शुव्रmबार साँझदेखि शनिबार तीन बजेसम्म पहिरो खसेको हो । निरन्तर पहिरो खसेका कारण पन्छाउने समय पाउन नसकेको अर्यालले बताए। मुग्लिङ र नारायणगढ दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पन्छाउँदै गयो, फेरि खस्छ, यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ, उनले भने। प्राविधिक टोली र यात्रु दुवैको सुरक्षाको जिम्मेवारी भएकाले अवस्था सहज भएपछि मात्र पन्छाउने प्रजिअ अर्यालले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले भने, “चाडबाडको समयमा यात्रु बिच बाटोमा रोकिँदा परेको समस्या हामीले बुझेर नै रातिदेखि नै काम गरेका छौँ तर सकिएको छैन ।” शुव्रmबार साँझ पहिरोमा एउटा स्कुटर पुरिएको भन्ने खबर आएको छ तर भेटिएको छैन, प्रहरी प्रमुख पुरीले भने । अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिए। पहिरो झर्न रोकिएमा लगातार काम गर्न पाए पाँच घण्टासम्ममा सवारीसाधन सञ्चालन गर्न सकिने प्रहरी प्रमुख पुरीले जानकारी दिए। ग १३ प २१६० नम्बरको स्कुटर पहिरोमा पुरिएको स्थानीले जानकारी दिएका छन् । 

मुग्लिङ–मलेखुमा पनि पहिरो 

मुग्लिन–मलेखु सडकखण्डको खटौतीमा पनि पहिरो गएर शनिबार दिनभर सवारीसाधन रोकिएका छन् । मुग्लिङ–नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले धादिङको खटौलीमा पहिरो आउँदा सडक अवरुद्ध भएको जानकारी दिए। पहिरो आएपछि पन्छाउन साधन जाने अवस्था नहुँदा कठिन भएको छ, उनले भने, “तुइनखोलाको पहिरोले सवारीसाधन रोक्दा पन्छाउन जान नसकेको हो ।” पहिरो पन्छाएर मुग्लिङ–मलेखु खण्डको यातायात सञ्चालनको तयारी रहेको उनले बताए। खटौतीबाहेकका स्थानमा पनि पहिरो जाने व्रmम रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

खुकुलो भूगोल भएकाले पहिरो 

मुग्लिङ–नारायणगढ सडकखण्डको पहाडको भूगोल नै खुकुलो भएकाले पहिरोको समस्या आउने गरेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले बताए। “खुकुलो भूगोल भएको पहाडमा सडक विस्तारका क्रममा काटिएको थियो, त्यसको असर विभिन्न समयमा पर्ने गरेको छ,” उनले भने। दासढुङ्गादेखि मुग्लिङसम्मकै पहाडको संरचना खुकुलो भएकाले कुन स्थानमा समस्या आउँछ भन्न नसकिने उनको भनाइ छ । पहिरो जाने भएपछि रोकथामका लागि हिउँदको समयमा काम गर्ने तयारी भएको छ तर अहिले नै ठुलो पहिरो आएर समस्या पारेको छ, इन्जिनियर घिमिरेले भने। 

कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले यस खण्डको दर्जनौँ स्थानमा पहिरोको जोखिम रहेको बताए। यो वर्ष तुइनखोलामा समस्या आएको छ, उनले भने, “अर्को वर्ष कुन स्थानमा समस्या आउँछ भन्न सकिँदैन ।” पहिरोले सडक अवरुद्ध भएपछि हजारौँ यात्रु अलपत्रमा परेका छन् । तुइनखोलामा करिब ७० मिटरमाथिबाट निरन्तर रूपमा पहिरो झरिरहेको छ । शनिबार बिहान पुन: ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा पहिरो रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending