Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कार्यालय प्रमुख नै पहिरो स्थलमा, तुइनखोलाको पहिरोले दुई दिनदेखि सडक अवरुद्ध

खबरडबली संवाददाता

चितवन। मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबार साँझ छ बजेदेखि सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाएर यातायात सञ्चालनको तयारी गर्दागर्दै फेरि ठुलो पहिरो खसेर बाटो पूर्ण रूपमा भएको हो ।

पहिरो पन्छाउन नसकेपछि प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख पहिरो खसेको स्थलमा शनिबार बिहान ४ बजे नै पुगेको थिए। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, “रातभरमा पनि पहिरो पन्छाउन नसकेपछि बिहान चार बजे नै तुइनखोलामा पुग्यौँ । हामी पुगेपछि फेरि भीमकाय पहिरो खस्यो । निरन्तर पहिरो आइरह्यो, पन्छाउने समय कुर्दाकुर्दै दिनको १२ बजेपछि खाना खान घर आएँ ।”

दसैँको समयमा उपत्यकाबाट घर जान हिँडेका तथा अत्यावश्यक कामले यात्रामा रहेकाहरू शुक्रबार साँझदेखि मुग्लिङ र जलवीरे क्षेत्रमा अड्किएर बसेका छन् । रोकिएका यात्रुलाई गन्तव्यतर्फ पठाउन सुरक्षा निकायका प्रमुखसहित पहिरोस्थल गएको थिए। जेनजी समूहको आन्दोलनका व्रmममा सरकारी कार्यालय ध्वस्त भएपछि त्यसलाई समाधान गर्दै कार्यालय सञ्चालनको तयारीमा रहेका सुरक्षा निकायलाई मुग्लिङको पहिरोले थप समस्यामा पारेको छ । 

प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “ठुलो पहिरो आएको छ, छिटो पन्छाएर सुरक्षित यात्रा गराउनु हाम्रो दायित्व छ ।” शुव्रmबार साँझदेखि शनिबार तीन बजेसम्म पहिरो खसेको हो । निरन्तर पहिरो खसेका कारण पन्छाउने समय पाउन नसकेको अर्यालले बताए। मुग्लिङ र नारायणगढ दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पन्छाउँदै गयो, फेरि खस्छ, यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ, उनले भने। प्राविधिक टोली र यात्रु दुवैको सुरक्षाको जिम्मेवारी भएकाले अवस्था सहज भएपछि मात्र पन्छाउने प्रजिअ अर्यालले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले भने, “चाडबाडको समयमा यात्रु बिच बाटोमा रोकिँदा परेको समस्या हामीले बुझेर नै रातिदेखि नै काम गरेका छौँ तर सकिएको छैन ।” शुव्रmबार साँझ पहिरोमा एउटा स्कुटर पुरिएको भन्ने खबर आएको छ तर भेटिएको छैन, प्रहरी प्रमुख पुरीले भने । अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिए। पहिरो झर्न रोकिएमा लगातार काम गर्न पाए पाँच घण्टासम्ममा सवारीसाधन सञ्चालन गर्न सकिने प्रहरी प्रमुख पुरीले जानकारी दिए। ग १३ प २१६० नम्बरको स्कुटर पहिरोमा पुरिएको स्थानीले जानकारी दिएका छन् । 

मुग्लिङ–मलेखुमा पनि पहिरो 

मुग्लिन–मलेखु सडकखण्डको खटौतीमा पनि पहिरो गएर शनिबार दिनभर सवारीसाधन रोकिएका छन् । मुग्लिङ–नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले धादिङको खटौलीमा पहिरो आउँदा सडक अवरुद्ध भएको जानकारी दिए। पहिरो आएपछि पन्छाउन साधन जाने अवस्था नहुँदा कठिन भएको छ, उनले भने, “तुइनखोलाको पहिरोले सवारीसाधन रोक्दा पन्छाउन जान नसकेको हो ।” पहिरो पन्छाएर मुग्लिङ–मलेखु खण्डको यातायात सञ्चालनको तयारी रहेको उनले बताए। खटौतीबाहेकका स्थानमा पनि पहिरो जाने व्रmम रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

खुकुलो भूगोल भएकाले पहिरो 

मुग्लिङ–नारायणगढ सडकखण्डको पहाडको भूगोल नै खुकुलो भएकाले पहिरोको समस्या आउने गरेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले बताए। “खुकुलो भूगोल भएको पहाडमा सडक विस्तारका क्रममा काटिएको थियो, त्यसको असर विभिन्न समयमा पर्ने गरेको छ,” उनले भने। दासढुङ्गादेखि मुग्लिङसम्मकै पहाडको संरचना खुकुलो भएकाले कुन स्थानमा समस्या आउँछ भन्न नसकिने उनको भनाइ छ । पहिरो जाने भएपछि रोकथामका लागि हिउँदको समयमा काम गर्ने तयारी भएको छ तर अहिले नै ठुलो पहिरो आएर समस्या पारेको छ, इन्जिनियर घिमिरेले भने। 

कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले यस खण्डको दर्जनौँ स्थानमा पहिरोको जोखिम रहेको बताए। यो वर्ष तुइनखोलामा समस्या आएको छ, उनले भने, “अर्को वर्ष कुन स्थानमा समस्या आउँछ भन्न सकिँदैन ।” पहिरोले सडक अवरुद्ध भएपछि हजारौँ यात्रु अलपत्रमा परेका छन् । तुइनखोलामा करिब ७० मिटरमाथिबाट निरन्तर रूपमा पहिरो झरिरहेको छ । शनिबार बिहान पुन: ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा पहिरो रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending