काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि अलपत्र रहिरहेका जीर्ण विकास आयोजनाहरू अब नयाँ जीवन पाउने भएका छन्। मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई तत्काल अलपत्र आयोजनाको सूची तयार गर्न निर्देशन दिएका छन्।
मन्त्री घिसिङले भने, “चालू रहेका ठूला पूर्वाधार आयोजनाहरू तोकिएको समय र गुणस्तरमा सम्पन्न हुन नसक्दा मुलुक ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने नागरिक लाभबाट वञ्चित भइरहेका छन् । अब कसैको अनुहार हेरेर हुँदैन, आयोजनाको मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुपर्छ।”
उनले स्पष्ट पारे, काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर काम रोक्न नहुने, जीर्ण आयोजना तोडेर नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने छ। सिंचाइ अन्तर्गतको राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधार अन्तर्गत तीन वर्षभन्दा बढी समयदेखि अलपत्र रहेका सडक र एक सयभन्दा बढी पुल निर्माण आयोजना विशेष ध्यानमा राखिएका छन्।
यसैबीच, मन्त्री घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनलाई पुसभित्रै सम्पन्न गर्ने दृढता व्यक्त गरेका छन्। शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेर बाँकी काम पुसअघि नै सक्न निर्देशन दिइसकेको छ।
संसद भवनको ठेक्का २०७६ असोजमा तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित दिइएको थियो। तर अबसम्म पाँचौँपटक म्याद थप भएको छ र भवनको भौतिक प्रगति ८६ प्रतिशत मात्र भएको छ। बाँकी काममा फल्स सिलिङ, ट्रस निर्माण, इलेक्ट्रिकल प्रणाली, स्यानेटरी, एचभीएसी परीक्षण र सञ्चालनलगायतका कार्यहरू रहेका छन्।
मन्त्री घिसिङले आफ्ना कार्यलयमा हुने अनियमितता रोक्न पनि कडा निर्देशन दिएका छन्। उनले भने, “विगतमा कसैले बजेट दुरुपयोग गरेको आरोप सुन्नुपरेको छ। अब अनियमितता फेला परे तुरुन्त कारबाही हुनेछ। जेनजी आन्दोलनको मुख्य एजेण्डा भ्रष्टाचार नियन्त्रण थियो, त्यसलाई सफल बनाउन कुनै सम्झौता हुनेछैन।”
उनका यी कदमसँगै अलपत्र रहेका विकास आयोजना पुनः सक्रिय बन्ने र संसद भवन निर्माण समयमै सम्पन्न हुने विश्वास गरिएको छ। उनकाे याे निर्णयले मुलुकको आर्थिक र भौतिक पूर्वाधारको गति सुधार्ने यो निर्णयले आगामी दिनमा ठूला निर्माण परियोजनाहरूमा अनुशासन र पारदर्शिता कायम गर्न महत्वपूर्ण संकेत दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: