Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

भन्सार र मालपोतमा आफ्ना मान्छे राख्न माग गरेपछि जस्मिन ओझा ट्रोलिङमा, भनिन् – ‘मिसइन्टरप्रेट गरियो, अखिल छाडिसकेको छु’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले निकट अखिलकी पूर्व नेतृ जस्मिन ओझा भन्सार, मालपोत र न्यायालयमा आफ्ना मान्छे नियुक्त गर्न माग गरेको पत्र सार्वजनिक भएपछि ट्रोलिङमा परेकी छिन् । जेन–जी नेपाल नामक संस्थाको नाममा गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइएको माग पत्रमा ओझाको हस्ताक्षर थियो ।

माग पत्रमा जेनजीलाई सरकार सञ्चालनदेखि संवैधानिक आयोग, राजदूत, सिडिओ, भन्सार, मालपोत र न्यायालयसम्म ५० प्रतिशत प्रतिनिधित्व दिनुपर्ने माग गरिएको थियो । यो माग सार्वजनिक भएपछि जस्मिनमाथि सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको हो ।

जस्मिनको पृष्ठभूमि

कानुनकी विद्यार्थी ओझा लामो समयदेखि आन्दोलनमा सक्रिय थिइन् । उनी एमालेको भातृ संगठन अनेरास्ववियुकी सदस्य समेत थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध राख्दै उनलाई ‘केपी बा’ भन्ने गर्थिन् । तर पछिल्लो समय उनले पार्टी छाडेर जेनजी आन्दोलनमा सक्रिय भएको बताएकी छिन् ।

जस्मिनको प्रष्टिकरण

ट्रोलिङ बढेपछि ओझाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनिन् –
“म अखिलमा रहनुभन्दा पहिले नै मानवअधिकार, महिला अधिकार र युवापुस्ताको पक्षमा आवाज उठाउँदै आएको मान्छे हुँ । पछिल्लो सरकार गैर जिम्मेवार बन्दै गएपछि विद्रोह गरेर जेनजी आन्दोलनमा सहभागी भएकी हुँ । कुनै पनि पार्टी मानवअधिकार र युवापुस्ताभन्दा ठूलो हुन सक्दैन ।”

लोकपथसँग कुराकानी गर्दै उनले आफूले अनेरास्ववियुबाट पहिले नै राजीनामा दिएको दाबी गरिन् । माग पत्रबारे उनले कमजोरी स्वीकार गर्दै भनिन् – “त्यो माग पत्र मैले तयार पारेको होइन । साथीहरूले तयार पारेको म पढेर सुनाएको मात्रै हुँ । भन्सार र मालपोतबारे लेखिएको कुरा पनि पढ्दापढ्दै थाहा भयो । वास्तवमा निष्पक्ष व्यक्ति पठाउनुपर्छ भन्ने उद्देश्य थियो तर लेखाइमा कमजोरी भयो र त्यसलाई मिसइन्टरप्रेट गरियो ।”

यसरी जस्मिन ओझाले आफ्नो भूमिकाबारे स्पष्टिकरण दिए पनि सामाजिक सञ्जालमा उनीबारे बहस अझै चर्किएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending