बर्दिया। केरा खेतीका लागि उत्कृष्ट बन्दै गएको बर्दिया जिल्लामा बजार व्यवस्थापन नहुँदा किसानहरू मर्कामा परेका छन् । केरा खेतीमा आत्मनिर्भर बन्दै बाँके, सुर्खेत, दाङ लगायतका जिल्लामा निर्यात गर्न सक्षम बर्दिया किसानहरू हाल केराले बजार मूल्य नपाउँदा मर्कामा परेका हुन् ।
सिजन र चाडवाडको समयमा भारतीय केरा अत्याधिक आयात हुँदा नेपाली केरा बिक्न छोडेको हो । केरा बिक्न छोडेपछि किसानहरू न्यून मूल्यमा केरा बेच्न बाध्य भएका छन् । मूल्यको पर्खाइमा कतिपय कृषकको केरा बारी मै कुहिन थालेको छ ।
गत वर्ष कृषकहरूले प्रति क्रेट ९१० दर्जन० चार सय ५० रुपियाँसम्ममा केरा बिक्री गरेका थिए । यस वर्ष प्रति क्रेट तीन सय ५० रुपियाँमा बिक्री गर्न बाध्य भएका छन् । भारतीय अत्याधिक विषादी हालेको केरा सस्तो मुल्यमा बजारमा आएपछि नेपाली केरा बिक्न छाडेको केरा व्यवसायी टिका सम्सेलीले बताए।
“गत वर्ष राम्रो मूल्यमा केरा बिकेको थियो यस वर्ष बढ्लाभन्दा झन् घटेको छ ।,” उनले भने, “यस वर्ष त मूल्य बढ्ला भनेको झन् घट्यो । अहिले बारी मै केरा पाकेर कुहिन थालेपनि व्यापारीहरू खरिद गर्न नआएको बताए।”
गत वर्षको तुलनामा यस वर्ष केरा बिक्री कम भएको केरा व्यवसायी शम्भुप्रसाद अधिकारीले बताए। जेन जीको आन्दोलनले पनि केरा खरिदबिक्रीमा समस्या बनाएको उनले बताए। दशैँ तिहारसम्म केरा बिक्री नभएमा किसानहरूको लगानी डुब्ने उनले बताए।
बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागू भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । वार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् ।
बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष टोपलाल विकले बताए। आगामी मङ्सिर महिनासम्मका लागि बर्दिया कैलाली र बाँकेमा पर्याप्त केरा भए पनि भारतबाट आउँदा नबिकेको अध्यक्ष विकले बताए। केराको सिजनको समयमा भारतबाट केरा आयात गर्न रोक्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयदेखि अर्थ मन्त्रालय सम्म ज्ञापन पत्र बुझाउँदा समेत समस्या समाधान नभएको उनले बताए।
बर्दियामा हाल केरा खेती विस्तार सँग व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योगहरू स्थापना भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १३:०६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...
श्रावण ७ गते, २०८३ - १२:५६
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...
श्रावण ७ गते, २०८३ - १२:४८
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ । महाशाखा...
श्रावण ७ गते, २०८३ - १२:२७
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन ...
श्रावण ७ गते, २०८३ - १२:१८
काठमाडौँ । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्य...
श्रावण ७ गते, २०८३ - १२:०२
सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न...
श्रावण ७ गते, २०८३ - ११:४२
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले ...
श्रावण ७ गते, २०८३ - ११:१६
मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्...
श्रावण ७ गते, २०८३ - ११:०७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो । नेपाल सुनचाँदी...
श्रावण ७ गते, २०८३ - ११:०१
तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ–३, सिसुवा निवासी ३५ वर्षीय टिप्पर चालक ...



प्रतिकृया लेख्नुहोस्: