काठमाडौं । जेनजी आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले स्थगित परीक्षा कार्यक्रमको नयाँ तालिका सार्वजनिक गर्दै उक्त मितिमा परीक्षा सञ्चालन गरिने जानकारी दिएको हो।
यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको पूरक परीक्षा स्थगित भएको थियो। अब सार्वजनिक गरिएको नयाँ तालिकाअनुसार असोज ७ गते अनिवार्य अंग्रेजी (विषय कोड 0041) को परीक्षा हुनेछ।
यस दिन एक मात्र विषयको पूरक परीक्षा दिन लागेका विद्यार्थीले पनि सोही दिन परीक्षा दिनेछन्। दुई विषयमा पूरक परीक्षा दिन लागेका विद्यार्थीहरूका लागि भने सो दिन आफूले छानेको विषयहरूमध्ये कोड सानो भएको विषयको परीक्षा हुनेछ।
त्यस्तै, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको पूरक परीक्षा दिन चाहने विद्यार्थीहरूले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिनेछन् भने दोस्रो दिन, असोज ८ गते, नेपाली विषयको परीक्षा दिनेछन्।
असोज ८ गते दोहोरो विषय लिएर परीक्षा दिने अन्य विद्यार्थीहरूले भने आफूले छानेको विषयहरूमध्ये कोड ठूलो भएको विषयको परीक्षा दिनेछन्। बोर्डले सम्पूर्ण परीक्षार्थीहरूलाई संशोधित तालिका अनुसार तयारी गर्न अनुरोध गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ०९:१२
तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...
चैत्र १५ गते, २०८२ - ०९:०७
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्। पार...
चैत्र १५ गते, २०८२ - ०८:५१
काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...
चैत्र १५ गते, २०८२ - ०८:००
काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी क...
चैत्र १५ गते, २०८२ - ०७:५६
काठमाडौं । एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...
चैत्र १५ गते, २०८२ - ०७:५२
काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...
चैत्र १५ गते, २०८२ - ०७:४२
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...
चैत्र १५ गते, २०८२ - ०७:३७
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...
चैत्र १५ गते, २०८२ - ०७:३१
काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...
चैत्र १५ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...



प्रतिकृया लेख्नुहोस्: