तनहुँ । चार दिनदेखिको वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ।
शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका- १२ लामागाउँ जोड्ने दुलेगौडा लामागाउँ मोटरमार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको हो।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार विश्व बैंकको सहयोगमा स्तरोन्नति भइरहेको सडकखण्ड भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिधि श्यामानन्द गुप्तासहितको टोलीलाई नगरपालिकाले सडक स्तरोन्नतिको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएको छ।
यो सडकमा हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ। सडक स्तरोन्नतिका लागि २०८० साल चैत २५ गते भएको थियो।
विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआईपी) अन्तर्गत मोटर मार्गको ७.१ किलोमिटर दूरी कालोपत्रका लागि निर्माण कम्पनी बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता भएको थियो। ठेक्काको रकम२७ करोड ३४ लाख ७९ हजार ८३४ छ।
नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट शुरु हुने कालोपत्रले शुक्लागण्डकी नगरपालिका–८, ९ र १२ वडालाई जोड्छ। उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ।
दुलेगौडास्थित बीपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ।
सडकको चौडाइ १० मिटरको रहनेछ। यहाँ ५.५ मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक-एक मिटरको नाला निर्माण हुनेछ।
शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ।
सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: