नेपालगन्ज। बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको नजिकको क्षेत्रमा सो घटना भएको स्थानीयले जनाएका छन् ।
राप्ती सोनारी २ माथेबास मदुईमा रहेका आफन्तको घरबाट आफ्नो घर सोही गाउँपालिका–३, सिनाबास फर्किने क्रममा बेपत्ता भएकी ४५ वर्षीया लक्ष्मी थारुलाई बाघले खाएको अवस्थामा उनको शव भेटिएको हो ।
राप्ती सोनारी वडा ३ का वडा अध्यक्ष मीनकुमार चौधरीले दिएको जानकारी अनुसार वडा २ माथेबास मदुईस्थित आफन्तको घरमा जानुभएकी वडा ३ सिनाबासकी लक्ष्मी थारु आइतबार बाटोबाटै बेपत्ता भएको थिए। उनको खोजतलास गर्दै जाँदा सोमवार अबेर जनमुखी सामुदायिक वनको ५० मिटर पर बाघले खाएको अवस्थामा शव भेटिएको वडा अध्यक्ष चौधरीले बताए। दुवै खुट्टा खाएको र टाउको भाँचेको अवस्थामा लक्ष्मीको शव फेला परेको उहाँले जनाए।
सो क्षेत्रमा यसअघिदेखि नै बाघले आक्रमण गर्ने गरेको जनाउँदै वडा अध्यक्ष चौधरीले उक्त बाटोमा आवागमन गर्दा राती नहिंड्न र एक्लै पनि नहिँड्न सर्वसाधारणलाई अनुरोध गरिएको बताए।
बाघको आक्रमणबाट लक्ष्मीको मृत्यु भएपछि सो क्षेत्रका स्थानीयमा बाघको त्रास बढेको छ । स्थानीयले तत्काल मानिस खाने बाघको खोजी गरेर नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्ज प्रहरी प्रशासनसँग माग गरेका छन् ।
मृतक थारुको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएकोमा मङ्गलवार पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: