नेपालगन्ज। नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले नेपालगन्ज उपमहानगरपालिकालाई प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न ताकेता गरेको छ ।
उपमहानगरपालिकालाई बिमामा आवद्ध भएका बिरामीलाई स्वास्थ्य सेवा दिन बोर्डले पटकपटक ताकेता गर्दै आए पनि अहिलेसम्म सेवा विस्तार भने हुन सकेको छैन । पछिल्लो पटक बोर्डले केही दिन अघि पत्र लेख्दै स्थानीय नागरिकलाई स्वास्थ्य बिमाको सुविधा दिन प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न नेपालगन्ज उपमहानगरलाई ताकेता पत्र पठाएको हो ।
भेरी अस्पताललाई तीन महिनाका लागि तोकिएको प्रथम सेवा विन्दुको समय सकिनै लाग्दा बोर्डले पुन: नेपालगन्ज उपमहानगरपालिकालाई सेवा विस्तार गर्न ताकेता गरेको जनाइएको छ । भेरी अस्पतालले आगामी कात्तिक १ गतेदेखि प्रेषण केन्द्रका रुपमा मात्रै सेवा दिने छ ।
स्वास्थ्य बिमा बोर्डले भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई प्रेषण अस्पतालका रुपमा मात्रै सेवा दिन परिपत्र गरेको छ । यी अस्पतालहरुले बिमामा आवद्ध भएका रिफर गरिएका बिरामीहरुलाई मात्रै उपचार सेवा प्रवाह गर्नेछन् ।
बिमा बोर्डले बाँकेमा प्रथम सेवा विन्दुका रुपमा नगर अस्पताल कोहलपुर, लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुर, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ । बिमित बिरामीहरुले पहिलो चरणमा प्रथम सेवा विन्दुबाट सेवा लिनु पर्नेछ ।
प्रथम सेवा विन्दुबाट रिफर भएका बिरामीहरुले मात्र प्रेषण केन्द्रका रुपमा रहेका अस्पताल मध्ये जुनसुकैबाट पनि सेवा लिन पाउने छन् । तर नेपालगन्ज उपमहानगरपालिकामा प्रथम सेवा विन्दु नभएकाले बोर्डले तत्काल तीन महिनाका लागि भेरी अस्पताललाई प्रथम सेवा विन्दुकै रुपमा सेवा दिन पत्र पठाएको थियो ।
सङ्घीय अस्पताल, विशिष्टिकृत अस्पताल, प्रतिष्ठानहरुमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु राख्न कानूनी तथा सिद्धान्तत: वैज्ञानिक नहुने भएकाले नेपालगन्ज उपमहानगरपालिकालाई आधारभूत अस्पताल, नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा चिकित्सक दरवन्दी स्वीकृत भएको नगर शहरी प्रवर्धन केन्द्रबाट स्वास्थ्य बिमा सेवा विस्तार गर्न बोर्डले ताकेता गरेको छ ।
भेरी अस्पतालले प्रेषण गरिएका बिरामीमात्रै हेर्ने भएकाले नेपालगन्ज उपमहानगरपालिकाले प्रथम सेवा विन्दु विस्तार नगरे नगरबासीले स्वास्थ्य बिमा सेवा पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: