Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

खबरडबली संवाददाता

बर्दिया। बर्दियाको गुलरिया नगरपालिका वडा १२ टडुवामा रहेको नेपाल केदुवाई सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणमा परि सोही ठाउँ निवासी २८ वर्षीया कविता तामाङ्गको मृत्यु भएको हो । 

घर नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा तामाङ्गलाई चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमण गरेपश्चात् सँगै गएका साथीहरूले स्थानीयबासीलाई खबर गरेका थिए । स्थानीयबासीले हो हल्ला गरेर तामाङ्गलाई छुटाएका थिए । तामाङ्गालाई चितुवाले छोडेर भागेपनि उनको घटनास्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताए।

उनले बिहानै जंगलमा चार जनाको समुहमा घाँस काट्न गएको समयमा चितुवाले आक्रमण गरेको बताए। मृतक महिलाको घरमा तीन बर्षको बच्चा रहेको स्थानीयबासीले बताएका छन् । पटकपटक चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी त्रसित भएका छन् । गत साउन ३१ गते सो स्थानबाट नजिक रहेको गुलरिया नगरपालिका वडा ११ भैँसाहीमा चितुवाले आक्रमण गदा ४५ वर्षिय जगतरानी थारूको मृत्यु भएको थियो । 

चितुवा नियन्त्रणका लागि स्थानीबासीले माग गरेका छन् । एक महिनाको अन्तरालमा नजिकै दुई जनाको मृत्यु हुँदा पनि सम्बन्धीत निकायले चितुवा नियन्त्रणमा लिन नसकेको गुलरिया नगरपालिका वडा १२ सुर्यगौडीका साबिर अलि गद्दीले बताए। 

एक महिनाअघि देखि चितुवा नियन्त्रणका लागि क्यामेरा र चार वटा पासो राखिएको सूचना अधिकारी चोधरीले बताए । उनले चितुवा नियन्त्रणका लागि लगातार प्रयास गरेपनि पासोमा चितुवा नपरेको बताए । घटना पछि चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको उनले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...

अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ भन्दा बढी लिए इजाजतपत्र खारेज हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...

सानो भर्‍याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।  उक्त कार्यालयबाट सेवाग्राही...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending