Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

संविधानमार्फत नै जेन–जी पुस्ताको आकांक्षा पूरा हुन्छ : पूर्व राष्ट्रपति यादव

खबरडबली संवाददाता

काठमाडौं। पूर्व राष्ट्रपति डा। रामवरण यादवले २०८२ भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले मुलुकलाई कम्पित बनाएको भन्दै गहिरो दु:ख व्यक्त गरेको छन्। 

राजनीतिक तथा प्रशासनिक अन्योल अन्त्य गर्दै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार निकायले ढिलाइ नगर्ने विश्वास व्यक्त गर्दै उनले भनेको छन्, “नेपालको संविधान २०७२ र त्यसले दिएको मार्गचित्र नै यो संकट समाधान गर्ने एक मात्र उपाय हो। यही संविधानको सही कार्यान्वयनबाट ‘जेन–जी’ पुस्ताका आकांक्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ।”

उनले ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारलाई धैर्यधारणको शक्ति मिलोस् भनी कामना गरेको छन्।

उनले यस्तो गतिविधिले सिंगो मुलुकलाई कम्पित र स्तब्ध तुल्याएको उल्लेख गर्दै अकालमै ज्यान गुमाउने युवाहरूको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । 

डा। यादवले वक्तव्यमा भनेको छन्, “युवाहरूको आन्दोलन भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका लागि भएको थियो। तर, आन्दोलनका नाममा भएको विनाश र विध्वंसको कारण र कर्ता पहिल्याउनु आज अपरिहार्य छ।”

उनले सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, प्रदेश सभा, स्थानीय तहका संरचनालगायत देशका संवैधानिक र ऐतिहासिक धरोहरमा गरिएको तोडफोड नियोजित देखिएको भन्दै यसको वास्तविक उद्देश्य र कारकहरू पहिचान गर्नु राष्ट्रको एकता, अमनचयन र सुरक्षित भविष्यका लागि जरुरी भएको टिप्पणी गरे।

आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिले लाखौंलाई रोजगारी दिने संरचना मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का पुराएको भन्दै डा. यादवले यस्तो प्रवृत्तिबाट देशलाई जोगाउन सबैलाई सचेत रहन आग्रह गरेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...

अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ भन्दा बढी लिए इजाजतपत्र खारेज हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...

सानो भर्‍याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।  उक्त कार्यालयबाट सेवाग्राही...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending