नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र क्षेत्रीय कारागारबाट मङ्गलबार राति भागेका २२७ जना बालबन्दी र कैदीबन्दी मध्ये आठ जना पक्राउ परेका छन् भने २२३ जनाको खोजी कार्य भइरहेको छ ।
बालबन्दी र कैदीहरु भाग्ने क्रममा भएको झडपमा परेर पाँच जना बालबन्दीको मृत्यु भएको थियो भने चार जना गम्भरि घाइते भएका थिए ।
भागेका मध्ये चारजना बालबन्दी पक्राउ परेको तथा चार जना कैदीलाई नेपाल भारत जमुनाहा नाकामा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको नौबस्ता क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।
नौबस्ता बाल सुधारगृहका प्रमुख श्याम बहादुर रानाले १७२ जना बालबन्दी मध्ये ८० जना सुधारगृहबाट भागेको जनाउँदै ती मध्ये चार जना पक्राउ परेको र चार जनाको समूहले फर्किने भनि सम्पर्क गरेको बताए।
उहाँले फरार रहेका ७३ जना बालबन्दीको खोजी भइरहेको र उनिहरुको बारेमा नेपाल भारत नाकामा समेत जानकारी गराइएको बताउनुभयो ।
सोही प्रकारले बाल सुधारगृहको छेउमै रहेको नौबस्ता क्षेत्रीय कारागारमा रहेका ५८५ कैदीबन्दीमध्ये १४७ जना कैदी भागेकोमा चार जना नेपाल भारत नाकामा पक्राउ परेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताउनुभयो ।
उनले नाकामा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाउँदै अझै फरार रहेका १४३ जना कैदीको खोजी कार्य भइरहेको बताए।
मङ्गलबार राति सुरक्षाकर्मीसँग भिडन्त गरेर ठुलो सङ्ख्यामा बालबन्दी र कैदीहरु फरार भएपछि बाल सुधार गृह तथा कारागारको सुरक्षा नेपाली सेनाको जिम्मामा दिईएको कारागारका प्रमुख भुषालले बताए।
नेपाली सेनाले सुरक्षा दिन थालेपछि बालसुधार गृह र कारागार दुबैको अवस्था सामान्य रहेको उनले बताए।
यसअघि मङ्गलबार अबेर राति सुरक्षाकर्मीसँग झडप हुँदा बालसुधार गृहमा रहेका दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको थियो ।
जेनजी आन्दोलनको समयमा देशभरिकै कारागारबाट कैदीबन्दीहरु भाग्न थालेपछि नौबस्ताका बालबन्दी र कैदीहरु पनि भागेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: