Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

तनहुँ प्रशासन कार्यालय जलेपछि अस्थायी भवनबाट सेवा सञ्चालन

खबरडबली संवाददाता

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला प्रशासन कार्यालय जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा पूर्ण रूपमा ध्वस्त भएपछि सेवा अब अस्थायी कार्यालयमार्फत सञ्चालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जनताको सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल दमौलीकै सुरक्षित स्थानमा अस्थायी कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए।

मङ्लबारदेखि चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा कार्यालयभित्र रहेका सम्पूर्ण कागजात, फर्निचर र प्राविधिक सामग्री जलेर नष्ट भएको प्रजिअ अधिकारीले जानकारी दिए। “कार्यालय जलेर पूर्ण रूपमा प्रयोगयोग्य नभएकाले तत्कालै वैकल्पिक स्थानमा अस्थायी कार्यालय स्थापना गरी सेवा निरन्तर गर्ने व्यवस्था मिलाउन लागेका छौँं,” प्रजिअ अधिकारीले भने।

मङ्लबार र बुधबार आन्दोलन चर्किदा जिल्लास्थित दर्जनौँ सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । जिल्ला समन्वय समिति, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, उर्जा तथा जलस्रोत विकास डिभिजन कार्यालय, सरकारी वकिलको कार्यालय लगायतका संरचना ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै, व्यास नगरपालिकाको सवारी साधनमा आगजनी गरिएको छ भने व्यास नगरपालिका–१३ को वडा कार्यालय, शिक्षा तालिम केन्द्र तनहुँ, डिभिजनवन कार्यालय, आन्तरिक राजस्व कार्यालय, र विभिन्न प्राविधिक कार्यालय पनि आन्दोलनकारीको निशानामा परेका छन् । कार्यालयका महत्त्वपूर्ण कागजात तथा उपकरण जलेर नष्ट हुँदा जनसाधारणलाई सेवा लिन कठिनाइ भएको छ । अझै पनि भत्किएका पर्खाल, जलेका सामग्री र चिरिएका बोर्डहरूले उग्र आन्दोलनको स्मरण दिलाइरहेका छन् । आन्दोलनकारीले सार्वजनिक सम्पत्तिमा आक्रमण गरेसँगै जनसाधारणले दैनिक पाउने प्रशासनिक र कानुनी सेवा तत्कालै अवरुद्ध भएको छ । नागरिकता, राहनी, जग्गा खरिदबिक्री जस्ता काममा बाधा पुगेको छ

सम्भव भएसम्म आन्दोलनका क्रममा असर नपरेका सरकारी कार्यालयका कक्षहरू प्रयोग गर्ने र त्यो सम्भवन निजी भवन भाडामा लिएर अस्थायी रूपमा कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए। “जनताको सहजतामाथि असर नपरोस् भन्ने हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने।

जेनजी आन्दोलनअन्तर्गत भएको तोडफोड र आगजनीबाट सरकारी सम्पत्तिलाई अकल्पनीय क्षति पुगेको जिल्ला प्रशासनको प्रारम्भिक अनुमान छ । यद्यपि क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जनाइएको छ । सरकारी सेवाको पहुँच नटुटोस् भन्ने हेतुले स्थानान्तरण गरेर भए पनि कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो । आन्दोलनका क्रममा क्षति पुगेका अन्य कार्यालयसमेत अस्थायी रूपमा सञ्चालनमा ल्याइने प्रक्रिया अघि बढाइएको प्रजिअ अधिकारीले बताए। आन्दोलनको क्रममा प्रमुख जिल्ला अधिकारीको  निवास पनि आगजनीले ध्वस्त बनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए

सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending