Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

तनहुँ प्रशासन कार्यालय जलेपछि अस्थायी भवनबाट सेवा सञ्चालन

खबरडबली संवाददाता

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला प्रशासन कार्यालय जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा पूर्ण रूपमा ध्वस्त भएपछि सेवा अब अस्थायी कार्यालयमार्फत सञ्चालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जनताको सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल दमौलीकै सुरक्षित स्थानमा अस्थायी कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए।

मङ्लबारदेखि चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा कार्यालयभित्र रहेका सम्पूर्ण कागजात, फर्निचर र प्राविधिक सामग्री जलेर नष्ट भएको प्रजिअ अधिकारीले जानकारी दिए। “कार्यालय जलेर पूर्ण रूपमा प्रयोगयोग्य नभएकाले तत्कालै वैकल्पिक स्थानमा अस्थायी कार्यालय स्थापना गरी सेवा निरन्तर गर्ने व्यवस्था मिलाउन लागेका छौँं,” प्रजिअ अधिकारीले भने।

मङ्लबार र बुधबार आन्दोलन चर्किदा जिल्लास्थित दर्जनौँ सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । जिल्ला समन्वय समिति, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, उर्जा तथा जलस्रोत विकास डिभिजन कार्यालय, सरकारी वकिलको कार्यालय लगायतका संरचना ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै, व्यास नगरपालिकाको सवारी साधनमा आगजनी गरिएको छ भने व्यास नगरपालिका–१३ को वडा कार्यालय, शिक्षा तालिम केन्द्र तनहुँ, डिभिजनवन कार्यालय, आन्तरिक राजस्व कार्यालय, र विभिन्न प्राविधिक कार्यालय पनि आन्दोलनकारीको निशानामा परेका छन् । कार्यालयका महत्त्वपूर्ण कागजात तथा उपकरण जलेर नष्ट हुँदा जनसाधारणलाई सेवा लिन कठिनाइ भएको छ । अझै पनि भत्किएका पर्खाल, जलेका सामग्री र चिरिएका बोर्डहरूले उग्र आन्दोलनको स्मरण दिलाइरहेका छन् । आन्दोलनकारीले सार्वजनिक सम्पत्तिमा आक्रमण गरेसँगै जनसाधारणले दैनिक पाउने प्रशासनिक र कानुनी सेवा तत्कालै अवरुद्ध भएको छ । नागरिकता, राहनी, जग्गा खरिदबिक्री जस्ता काममा बाधा पुगेको छ

सम्भव भएसम्म आन्दोलनका क्रममा असर नपरेका सरकारी कार्यालयका कक्षहरू प्रयोग गर्ने र त्यो सम्भवन निजी भवन भाडामा लिएर अस्थायी रूपमा कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए। “जनताको सहजतामाथि असर नपरोस् भन्ने हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने।

जेनजी आन्दोलनअन्तर्गत भएको तोडफोड र आगजनीबाट सरकारी सम्पत्तिलाई अकल्पनीय क्षति पुगेको जिल्ला प्रशासनको प्रारम्भिक अनुमान छ । यद्यपि क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जनाइएको छ । सरकारी सेवाको पहुँच नटुटोस् भन्ने हेतुले स्थानान्तरण गरेर भए पनि कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो । आन्दोलनका क्रममा क्षति पुगेका अन्य कार्यालयसमेत अस्थायी रूपमा सञ्चालनमा ल्याइने प्रक्रिया अघि बढाइएको प्रजिअ अधिकारीले बताए। आन्दोलनको क्रममा प्रमुख जिल्ला अधिकारीको  निवास पनि आगजनीले ध्वस्त बनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...

अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ भन्दा बढी लिए इजाजतपत्र खारेज हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...

सानो भर्‍याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।  उक्त कार्यालयबाट सेवाग्राही...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending