काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता हुँदै छ ।
यो भेटवार्ताबारेको पुष्टि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो सचिवालयका सदस्यहरूलाई गराएका छन्।
सुशीलाले पनि आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेका बालेनलाई पनि यसबारे जानकारी गराएको स्रोतले जनाएको छ । राष्ट्रपति पौडेल अहिले महाराजगञ्जस्थित नेपाली सेनाको विशेष फौज बाहिनी लक्ष्मी निवासमा छन् । दुईजनाबीच त्यहीँ भेटवार्ता हुने तयारी भएको हो ।
यता जेन(जी युवाहरूको समूहले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीलालाई आजै राति ११ बजेभित्र नियुक्त गरिसक्न पनि अल्टिमेटम दिएका छन् ।
बिहीबार बिहान नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले वक्त्व्य निकालेसँगै ती दलका कार्यकर्ताहरू विभिन्न स्थानमा सडकमा उत्रिए ।
नाराबाजीसहित उनीहरू उत्रिन थालेपछि सुरक्षाको कमान्ड सम्हालेको सेना दबाबमा परेको थियो । अर्कातिर जेन(जी युवाहरू विभिन्न व्यक्तिको पक्षमा विभाजित भएर जंगीअड्डाकै सामुन्ने दिभर हल्ला र कुटाकुटसमेत गरे ।
एकातिर दलका कार्यकर्ताको सडकमा प्रदर्शन र अर्कातिर जेन(जीबीचको तनावले दबाबमा परेको सेनाले बाहिरका जिल्लाबाट पनि फोर्स झिकाएको छ । रात्रि गस्तीका लागि समेत सेनाले आवश्यक बन्दोवस्तीसहितका सेना उपत्यकामा उतारेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: