पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्रसाद पौडेलको ‘केही महिनाभित्र घर–घरमा लालपुर्जा लिएर आउँछु’ भन्ने अभिव्यक्तिले नयाँ राजनीतिक बहस सुरु भएको छ।
सांसद पौडेलले सुकुमबासी बस्तीमा पुगेर स्थानीयलाई सम्बोधन गर्दै उचित व्यवस्थापन नगरी कसैले पनि डोजर चलाउन नसक्ने दाबी गरेका थिए। उनले केही महिनाभित्र सबैको हातमा लालपुर्जा पुग्ने आश्वासनसमेत दिएका थिए। उनको अभिव्यक्तिपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कानुनी आधारबारे सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
मेयर आचार्यले सांसदलाई लक्षित गर्दै, "यदि घर–घरमा लालपुर्जा वितरण गर्न सकिन्छ भने कुन कानुन, कुन प्रक्रिया र कुन निकायको अधिकार प्रयोग गरेर त्यो सम्भव हुन्छ ?" भन्दै जवाफ दिन चुनौती दिएका छन्।
उनका अनुसार पोखरा महानगरले बसपार्क क्षेत्रका २० हजार १०६ परिवारलाई निस्सा वितरण गरिसकेको छ भने वास्तविक सुकुमबासी र अव्यवस्थित बसोबासीको पहिचान गर्ने काम कानुनी प्रक्रियाअनुसार सम्पन्न भइसकेको छ। अब साउन १८ गते अन्तिम नामावली सार्वजनिक गरी गैरसुकुमबासीलाई हटाउने तयारी भइरहेको उनले जानकारी दिए।
महानगरले बसपार्क निर्माणसँगै प्रभावित वास्तविक सुकुमबासीको व्यवस्थापनका लागि छुट्टै समिति गठन गरी वैकल्पिक जग्गाको खोजीसमेत अघि बढाएको जनाएको छ। पूर्वन्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक निरूपण समितिले समेत आफ्नो प्रतिवेदन बुझाइसकेको छ।
यता, महानगरको प्रक्रियाप्रति असन्तुष्ट सुकुमबासीहरू भने उचित विकल्पबिना हटाउन खोजिएको भन्दै आन्दोलनको चेतावनी दिइरहेका छन्। यही क्रममा सांसद पौडेलले उनीहरूको पक्षमा उभिँदै, "व्यवस्थापन नगरी कसैले डोजर चलाउन सक्दैन, केही महिनाभित्र म लालपुर्जा लिएर यहीँ फर्किन्छु," भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
तर मेयर आचार्यले लालपुर्जा वितरण कुनै सांसदको घोषणाले हुने विषय नभएको स्पष्ट पारे। उनले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, भूमिसम्बन्धी ऐन तथा राष्ट्रिय भूमि आयोगको कार्यविधिअनुसार मात्र यस्तो प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै सांसदलाई क्षेत्राधिकारको सीमाबारे सचेत हुन सुझाव दिए।
उनले आधा शताब्दीदेखि अलपत्र रहेको पोखरा बसपार्क निर्माणलाई अब कुनै पनि बहानामा अवरुद्ध हुन नदिने स्पष्ट पार्दै वास्तविक सुकुमबासीको सम्मानजनक व्यवस्थापनमा महानगर प्रतिबद्ध रहेको दोहोर्याए।
सांसदको सार्वजनिक आश्वासन र महानगरको कानुनी अडान आमनेसामने भएपछि पोखरा बसपार्कको सुकुमबासी व्यवस्थापनको विषय फेरि राजनीतिक बहसको केन्द्रमा पुगेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: